फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

२०७९ बैशाख १२ गते, सोमबार

काठमाडौं । आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’मा छानिएको छ ।
फिल्ममा समाजका लागि पुस्तक पढ्न प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै प्रस्तुत गरिएको छ । उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ सञ्चालन गरिरहेका छन् । तीन दशकदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई निर्देशक प्रयण लिम्बुले फिल्ममा उतारेका हुन् । रविन गिरीको कथामा निर्माण भएको डकुमेन्ट्री फिल्ममा गुरुङसँगै कुलचन्द्र न्यौपाने, विजय सुब्बा, नमिता सुब्बा, हेम राई, भीम गुरुङ, सरोज भुजेल र स्व.उत्तर कुमार राईलाई प्रस्तुत गरिएको छ ।
दिपक बज्राचार्यको छायाँकन र चन्दन दत्तको सम्पादन रहेको ‘उर्मि’ सन्तोषी नेपाल, मदन बस्नेत, इशु लामा, विमल पौडेल, पुष्पराज ऐतवाल, पवन घिमिरे, डम्बरकृष्ण श्रेष्ठ, देवराज राई, सुजित सुब्बा, जगत अम्बु गुरुङ र स्व.किसन राईले निर्माण गरेका हुन् ।
आगामी शनिबार काठमाडौंको फिल्म प्रदर्शन हुने निर्देशक प्रणय लिम्बुले बताए । उनले भने, ‘समाजका लागि तन, मन, धन लगाएर सेवा गर्ने व्यक्ति अहिलेको समयमा भेट्न मुस्किल छ । उहाँको कथाले नयाँपुस्तालाई समाजका लागि केही गर्न प्रेरणा दिने विश्वास छ ।’

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal