स्याङ्जामा पुल भत्किँदा आठ जना घाइते

२०७८ चैत्र २१ गते, सोमबार

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका ८ मा पर्ने कालीगण्डकी नदीमा दामाचौर र रामपुर जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा आठ जना घाइते भएकाछन् ।
घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेम धनपटेल, बाराका २२ वर्षीय रामनिवासकुमार पटेल, हरिहरपुर ८ का २८ वर्षीय जितेन्द्र पटेल रहेका छन् । यस्तै, अन्य घाइते हुनेमा भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षी अनुपकुमार राव र गोरखामिरासन गाउँपालिकाका २३ वर्षीय सृजन परियार रहेको जिल्लाप्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथि उचालेर जोड्ने क्रममा अचानक बिमसहित कामदारहरु खस्दा घाइते भएको अधिकारीले बताउनुभयो ।

घाइतेमध्ये बारा बस्ने २२ वर्षीय रामनिवास कुमार पटेल, भारत बिहार बस्ने २५ वर्षीय धनन्जयठाकुरको अवस्था गम्भीर रहेको र सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal