चितवनका सबै पालिकामा गठबन्धन गर्ने पाँच दल सहमत

२०७८ चैत्र २१ गते, सोमबार

चितवन । पाँच वटा राजनीतिक दलले चितवनमा आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख ३० गते हुने चुनावमा चितवनका सात वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले सात वटै पालिकामा गठबन्धनका दलहरूको बैठक बसेर संयन्त्र निर्माण गर्ने निर्णय गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । चितवनमा भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी छाडेका छैनन् । माओवादी केन्द्रले रेणु दाहाललाई नै मेयरमा दोहोर्‍याउने अडान लिएको छ, कांग्रेसले भने २०७४ सालको चुनावमा माओवादीलाई समर्थन गरेकाले अहिले महानगरको मेयर आफूहरूले पाउनुपर्ने बताउँदै आएको छ ।

सात वटा पालिका रहेको चितवनमा गएको चुनावमा चार वटा एमालेले, दुई वटा माओवादीले र एउटा पालिका नेपाली कांग्रेसले जितेको थियो ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal