ओलीलाई सत्तामा पुर्‍याए देश बरबाद हुन्छः प्रचण्ड

२०७८ चैत्र ५ गते, शनिबार

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आएको परिवर्तन माओवादीकै कारण सम्भव रहेको सन्देश लिएर गाउँ जान नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सिन्धुली जिल्ला पार्टी कार्यालयको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले संविधान निर्माण, संघीयता, पछि पारिएका वर्गलाई अधिकार दिने लगायतका सबै परिर्वतन माओवादीका कारण मात्रै सम्भव भएको संदेश लिएर चुनावको लागि गाउँरसहरमा खटिन निर्देशन दिनुभयो । आफूहरुले प्रतिनिधिसभाको पहिलो विघटन असफल पारेपछि नेतारकार्यकर्ता आरामले बस्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक पनि विघटन गरेर संविधान नै मास्न खोजेको प्रचण्डको दाबी छ ।

एमाले अध्यक्ष ओलीलाई नयाँ संविधान, संघीयता, दलित, जनजाती, मधेसी, मुस्लिम, महिला लगायतले अधिकार पाएको मन नपरेकोले ओलीलाई सत्तामा पुर्याएमा जतिबेला पनि परिवर्तनमाथि खतरा हुन सक्ने र देश बरबाद हुनसक्ने प्रचण्डले जिकिर गर्नुभयो । ओलीले जात र धर्मको राजनीति गर्न खोजेको आरोप लगाउँदै प्रचण्डले केहि अदृश्य शक्तिले ओलीमार्फत संविधान र गणतन्त्र उल्ट्याउने र देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिन चाहेका प्रचण्डको आरोप छ ।

स्थानीय तहको चुनावमा गठबन्धन नभए पनि आफ्नै बलबुतामा धेरै भन्दा धेरै ठाउँमा जित्ने तागत माओवादीसँग रहेको भन्दै प्रचण्डले चुनावलाई देश र नागरिकको लागि हुने लडाईको रुपमा लिएर अघि बढ्न निर्देशन दिनुभयो ।

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal