चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई वर्षयताकै सबैभन्दा धेरै

२०७८ चैत्र १ गते, मंगलवार

काठमाडौं । चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै भएको नेशनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

कडा प्रतिबन्ध र स्वास्थ्य मापदण्ड लागू भए पनि पछिल्लो दुई हप्तामा यसअघिका रेकर्ड तोड्ने गरी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । उत्तरपूर्वी सहर चाङ्गचुन र सेनझेन सहरमा यसै हप्ता लकडाउन घोषणा गरिएको छ।

साङ्घाईमा विद्यालय बन्द छन् । कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले यसै हप्ता जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको थियो । सङ्क्रमण रोक्न चीन सरकारले सामूहिक जाँच गर्ने अभियान चलाएको छ भने स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ । चीनमा पहिलो पटक सन् २०१९ को डिसेम्बरमा कोरोनाको भाइरस देखिएको थियो । (एजेन्सी)

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal