प्रतिक्रियावादीहरू हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरेः अध्यक्ष ओली

२०७८ फाल्गुन २३ गते, सोमबार

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध बिगार्ने काम गरेपनि सबै चुपचाप बसेको आरोप लगाउनु भएको छ ।

आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध पनि बिगारेको टिप्पणी गर्नुभयो । ‘‘यतिखेर देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन्। यसमानेमा केही बिग्रिएकै छैन,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एक हुल स्यालको प्रसङ्ग निकाल्दै भन्नुभयो, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएको सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यस कारण दुनियाँभरिका प्रतिक्रियावादीहरू हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र व्यावहारिक ढङ्गले जवाफ दिनुपर्छ ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमालेबाट फुटेर नाम एकीकृत राखेको भन्दै कटाक्ष गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा विरोधीले रुखबाट पात ओइलिएर झर्दा पनि विरोध गरेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सरकारमा भयौं भने हाम्रा विरोधीले रुखबाट एउटा ओइलिएको पात झरे पनि यो सरकारको कमजोरीले रुखबाट पातहरु झर्न थाल्याछन्, चैतको महिनामा रुखहरु हेर त उजाड भएका भनेर उधुम मच्छाउँछन् ।’ सरकार संसदबाट बन्नुपर्ने भए पनि वर्तमानको सरकार अदालतको आदेशमा बनेको ओलीले बताउनुभयो ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal