अनलाइनबाटै पशुपतिनाथको पूजा

२०७८ फाल्गुन १६ गते, सोमबार

काठमाडौ‌ । पशुपति क्षेत्र विकास कोषले अनलाइनबाट पशुपतिनाथ मन्दिरमा पूजा गर्ने व्यवस्था गर्ने भएको छ । पशुपतिनाथ मन्दिरमा हिन्दुधर्मावलम्बीहरुले अनलाइन एप्लिकेसनबाटै बुकिङ गरी पैसा पठाएर विभिन्न प्रकारका पूजा गरिने प्रणाली सञ्चालन गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले बताएको हो ।

कोषका अनुसार विश्वभर छरिएर रहेका हिन्दुधर्मावलम्बीहरुको पशुपतिनाथप्रतिको आस्था र झुकावलाई मध्यनजर गर्दै विशेष अनलाइन पूजा सेवा सञ्चालन गर्न लागेको छ । यस अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकार अनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको कोषले बताएको छ ।

एमाले नेता योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला पशुपतिनाथको ई–पूजा एप्लिकेशनको उद्घाटन भएको र शिवरात्रिपछि यस्तो सेवा उपलब्ध हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । केही प्राविधिक कुरा मिलाएपछि छिट्टै पूजा सुरु गर्ने तयारी रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन्।

यस सेवा मार्फत पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने भक्तजनहरूले संसारको जुनसुकै स्थानबाट अनलाइन मार्फत बुकिङ गरेर पशुपतिनाथमा दैनिक रूपमा सञ्चालन हुने पूजा सजिलैसँग गराउन सक्ने कोषको भनाई छ ।

अनलाइनबाट बुकिङ गरिएको पूजाको सम्पूर्ण आवश्यक जानकारी तथा रसिद सम्बन्धित भक्तजनलाई इमेलमार्फत प्रदान गरिने र विशेष पूजाको प्रसाद विश्वको जुनसुकै स्थानमा कुरिएर गर्ने व्यवस्था समेत रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal