मन्त्री नभए राजनीतिबाट नै ‘सन्यास’ लिन्छु भनेर मन्त्री भएका यादवसँग प्रधानमन्त्री पनि असन्तुष्ट

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्रीमा महेन्द्र राय यादवको चिठ्ठा नै परेको छ । अन्तिम समयमा उनी अर्का नेतालाई पाखा लगाउँदै उनी मन्त्री भएका हुन् । सर्लाही ४ बाट निर्वाचित सांसद् प्रमोद साह मन्त्री बन्ने निश्चित भइसकेको थियो तर अन्तिममा आएर महेन्द्रले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई विन्ति गरेपछि साहको भाग खोसिएको हो ।
स्रोतका अनुसार महेन्द्रले उपेन्द्रसँग अब आफू बुढो भइसकेकाले फेरि अवसर पाइन्छ कि पाइदैन भन्ने टुंगो नभएकाले एकपटक जसरी भए पनि मन्त्री बनाइदिन आग्रह गरेका थिए । उनले मन्त्री नभए आफू राजनीतिबाट सन्यास लिने भन्दै उपेन्द्रसँग अनुनय विनय गरेका थिए । स्रोतले महेन्द्रले मन्त्री बन्नका लागि उपेन्द्रसँग अरु धेरै कुरा गरेको समेत जनाएको छ । महेन्द्र पटक पटक सांसद् र मन्त्री भइसकेका छन् । प्रमोद भनें पहिलोपटक सांसद् भएका हुन् । प्रमोदले राजनीति र समाज सुधार्न आफूसँग धेरै राम्रा योजना भएको बताउँदै आएका छन् । महेन्द्रले मन्त्रीको स्वाद चाखिसकेकाले पनि उनी जसरी भए पनि मन्त्री हुनैपर्छ भनेर लागेका हुन् । महेन्द्रले जनताको र किसानको पक्षमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट छन् । यसबारेमा देउवाले पार्टी अध्यक्ष यादवलाई पनि जानकारी गराएका छन् । तराइका किसानहरु पनि कृषि गर्न उपयुक्त वातावरण नभएको, समयमा मल र बिउ नपाएको, उत्पादित सामग्रीको मूल्य नपाएको भन्दै पटक पटक आन्दोलनमा उत्रेका छन् । मन्त्री यादवले यसबारेमा कुनै पनि चासो देखाएका छैनन् । प्रधानमन्त्री नै असन्तुष्ट भएका र पार्टी अध्यक्षसँग पनि प्रधानमन्त्रीले गुनासो गरिसकेपछि मन्त्री खुस्किने डरले उनी विभिन्न नेतासँग मन्त्री पद जोगाइदिनुप¥यो भन्दै भनसुनमा लागेका छन् ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal