गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा बढाइयो

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाडौं । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएका नेपाली कांग्रेसका तीनजना नेताहरूको सुरक्षा बढाएको छ । कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाइएको छ ।

थापा, कार्की र महतले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो ।

एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताहरू निरन्तर आन्दोलनमा छन् ।
एक उच्च प्रहरी अधिकारीले भने, “थापा, कार्की र महत एमसीसीको पक्षमा बोल्दै आउनुभएको छ । यस्तोमा प्रदर्शनकारीबाट उहाँहरूमाथि आक्रमण हुन सक्ने सम्भावना रहन्छ । त्यसैले उहाँहरूको सुरक्षालाई ध्यान दिएका छौँ । उहाँहरू सहभागी कार्यक्रममा पनि विगतभन्दा बढी प्रहरी खटाइरहेका छौँ ।”

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal