गठबन्धन बचाउने कि भत्काउने भन्ने नै अन्यौल

२०७८ फाल्गुन ८ गते, आईतवार

रमेशकुमार बोहोरा
काठमाडौं । सत्ता गठबन्धन जोगाउने दाउमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन् । उता नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धन भत्काउने प्रयासमा छन् । ओली आफूले भनेको माने प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै सहयोग गर्न तयार भएको बताउँदै आएका छन् ।
बहुचर्चित अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण गठबन्धन खतरामा परेको छ । देउवा सबै दलको सहमतिमा नै एमसीसी पास गर्ने योजनामा छन् भने सत्ताका प्रमुख खटक मानिएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भनें एमसीसीको विपक्षमा छन् । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना जवर्जस्ती ढंगले संसदमा एमसीसी टेबुल गरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि अवस्थामा एमसीसी टेबुल नगर्न देउवालाई दबाब दिँदै आएका छन् । देउवा एमसीसी पास गर्ने समयसीमा सकिन लागेकाले जतिसक्दो छिटो पास गर्ने दाउमा छन् । एमसीसी पास कसरी गर्न सकिन्छ भनेर देउवा पछिल्लो समय राजनीतिक भेटघाटमा लागेका छन् । सरकारले एमसीसी के हो र यो पास गर्दा नेपाल र नेपालीलाई के फाइदा हुन्छ भनेर जनतालाई बुझाउन सकेको छैन । अधिकांश नेताहरुले यसबारे राम्रो अध्ययन नगरेकाले पनि वास्तविकताबारे अझै पनि प्रष्ट छैनन् । पार्टीका प्रमुखले जे भन्छन् त्यही लाइनमा मात्र बोल्दा उनीहरुको आवाज पनि कमजोर बनेको छ । देउवा शुक्रबारको संसद बैठकमा नै एमसीसी ‘टेबुल’ गर्ने पक्षमा थिए तर माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) ले दुई दिन समय मागेकाले देउवा ‘व्याक’ भए । नेपालले हिजो पार्टीको बैठक बस्ने र आफ्नो धारणा बनाउने बताएका थिए । शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसीबारे साझा धारणा बनाउन नसकेपछि सरकार एमसीसी ‘टेबुल’ गर्नबाट पछि हटेको थियो । आज बिहान १० बजे सत्तारुढ दलको बैठक बस्दैछ भने दिउँसो १ बजे संसद बैठक बोलाइएको छ । संसदबाट नै पारित गर्नुपर्ने व्यवस्था भएकाले एमसीसी पेचिलो बन्दै आएको छ । एमसीसी पास भएपछि नेपालमा खतरा बढी हुने भएकाले जसरी भए पनि यसलाई रोक्नुपर्छ भन्नेमा एउटा लाइन अघि बढेको छ भने अर्को लाइनले धेरै देशले एमसीसी स्विकारेकाले यसबाट कुनै खतरा नहुने बरु विकास र प्रगतिमा सहयोग पुग्ने धारणा राखदै आएका छन् ।
एमसीसीमा नेकपा एमालेको भूमिका सकारात्मक हुन्छ भन्नेमा देउवा आशावादी छन् तर एमालेका नेताहरुले अहिलेसम्म एमसीसीको बारेमा कुनै धारणा नबनाएको प्रतिक्रिया दिँदै आएका छन् । यसअघिको देउवा सरकारले नै एमसीसीको प्रक्रिया अघि बढाएकाले पास गराउनु देउवाको नैतिक जिम्मेवारी पनि रहेको छ । देउवा भरसक सत्ता गठबन्धन नटुटाउन र एमसीसी पनि पास गर्ने पक्षमा छन् । आफूलाई हिजोको दिनमा प्रधानमन्त्री बनाउन सहयोग गरेका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई अलग्याउने सोचमा उनी छैनन् । हिजो गठबन्धन गर्दा उनीहरुले आगामी निर्वाचनमा पनि सँगै सहकार्य गरेर जाने प्रतिबद्धता जनाएका थिए । एमसीसीकै कारण गठबन्धनमा फुट आउने खतरा बढेकामा प्रचण्ड र माधव नेपाल चिन्तित छन् । प्रचण्ड निर्वाचनमा एकता गरेरै नै जाने पक्षमा छन् भने नेपाल पनि कसैको समर्थन चाहिन्छ भन्ने लाइनमा छन् ।
एमसीसीकै कारण समीकरण टुट्ने खतरा भए अबको समीकरण कस्तो होला भन्ने अनुमान लगाउन पनि गाह्रो छ । आफूले भनेजस्तो परिस्थिति नभए देउवाले प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गर्न सक्ने पनि एकपक्षको भनाई छ । हिजो प्रधानमन्त्री हुँदा ओलीले पनि दुई पटक प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेका थिए । कांग्रेसभित्र गठबन्धन गरेरभन्दा पनि कांग्रेसले निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्नुपर्छ भन्ने मत बलियो भन्दै गएको छ । कांग्रेसले गठबन्धनबाट आफ्नो कारणले अरुलाई फाइदा भएको तर आफ्नो अवस्थामा भनें सुधार नभएको भनेर तर्क गर्दै आएको छ ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal