माल्टामा बर्दियाका नेपाली युवा श्रेष्ठको दुर्घटनामा परि मृत्यु
काठमाडौं । माल्टामा रोजगारीका सिलसिलामा पुगेका बर्दियाका अजय श्रेष्ठको सडक दुर्घटनामा परी निधन भएको छ। फुड डेलिभरीको काम गर्ने गरेका श्रेष्ठको फेब्रुअरी १६ का दिन विहान कामको सिलसिलामा स्कूटरमा फुड डेलिभरी गर्ने क्रममै दुर्घटना भएको थियो। समाचारअनुसार, उनको घटनास्थलमै मृत्यु भएको थियो।
२६ बर्षीय युवा श्रेष्ठ माल्टामा वल्ड नामक फुड डेलिभरी कम्पनीमा कार्यरत थिए। सो कम्पनीको एपमा खानाको अर्डर आउने र एपबाटै काम स्वीकार गरी तयारी खानामा अर्डरकर्ताको घर पुर्याउने काम श्रेष्ठले गर्दै आएका थिए।
विहान सवा ११ बजेतिर खाना खाने समयमा डेलिभरीको काममा निस्केका उनलाई माल्टाको अल्डो मोरो स्ट्रीटमा विपरीत दिशाबाट आएको एउटा ट्रकले दुर्घटना गराएको थियो। विपरीत दिशाबाट आएको ट्रक अनियन्त्रित भई रोड क्रस बारमा ठोक्किएको र विजुलीको पोल ठल्दा सो पोलले लागेर स्कूटरमा रहेका श्रेष्ठको मृत्यु भएको थियो।
घटनापछि घटनास्थल पुगेका गैरआवासीय नेपाली संघ माल्टाका बरिष्ठ उपाध्यक्ष नविन गिरीले दिएको जानकारीअनुसार, उनलाई उद्दार गरी तत्काल अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए।
तीन वर्षअघि रोजगारीका लागि नेपालबाट माल्टा पुगेका श्रेष्ठले भयावह सडक दुर्घटनमा परेर ज्यान गुमाएपछि गैरआवासीय नेपाली संघले उनको पार्थिव शरीरलाई नेपाल पठाउने गरी काम शुरु गरेको छ । माल्टामा दूतावास नभएकोले बेलायतको लण्डनस्थित नेपाली दूतावाससंग समन्वय शुरु गरिएको छ।
उनको रोजगारदाता कम्पनीसंगसमेत प्रारम्भिक कुराकानी एनआरएनएले गरेको छ। श्रेष्ठको पार्थिव शरीरलाई परिवारजनसमक्ष नेपाल पुर्याउन र आवश्यक काम गर्न एनआरएनएले अध्यक्ष भुवन अर्यालको संयोजकत्वमा रेम्स खनाल,सन्देश केसी, सत्या झा र शंकर खत्री रहेको ५ सदस्यीय समिति पनि गठन गरेको छ।
यो समितिले मृतक श्रेष्ठको कम्पनीसँग पनि संयोजन गरी उनले पाउने कुनै रकम भए त्यसबारे पनि पहल गर्ने छ भने तत्काल उनको पार्थिव शरीरलाई नेपाल पठाउन आवश्यक पर्ने रकम समुदायबाट संकलनको पहल गर्ने छ।
मृतक श्रेष्ठका दाजु हाल माल्टामै रहेको बताइएको छ । दुवईबाट उनी एकसाताअघि मात्र भाइ बस्ने गरेको माल्टामा कामका लागि पुगेका थिए। एनआरएनए माल्टाले श्रेष्ठको दुर्घटनामा परी निधन भएकोमा उनको आत्माको शान्तिको कामना गर्दै उनको पार्थिव शरीर राखिएको स्थानीय अस्पतालमा दीप प्रज्वलन गरेको छ।
स्थानीय अखवार माल्टा टुडेले लेखेको समाचारअनुसार, करिव ५०० जना नेपालीहरु सो दीप प्रज्वलनमा सहभागी भई स्वर्गीय श्रेष्ठको आत्मा शान्तिको कामना गरेका थिए ।
ताजा
नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
२०८३ आश्विन १० गते, शनिबार
नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
२०८३ आश्विन १० गते, शनिबार
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै
२०८३ आश्विन १० गते, शनिबार
एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर
२०८३ आश्विन १० गते, शनिबार
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबार
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ
२०८३ आश्विन ९ गते, शुक्रबार
प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने
२०८३ आश्विन ९ गते, शुक्रबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





