आज बालुवाटारमा निर्णायक वार्ता, गठबन्धनको भविष्य के होला ?

२०७८ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का बिषयमा सत्ता गठबन्धन दलहरुबीच आज निर्णायक बार्ता हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबुल गर्न नपाएका प्रधानमन्त्री शेरबहादुरं देउवाले बिहिवार अपरान्ह ३ बजे सत्तारुढ घटक दलको बैठक बोलाएका हुन् ।

सरकारमा हाल पांचदल सहभागी रहेपनि ३ दल एमसीसीको बिरोधमा र एउटा दल मौन छन्। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमात्र अहिले खुलेरै एमसीसीको पक्षमा देखिएको छ । प्रधानमन्त्री देउवा जतिसक्दो छिटो एमसीसी संसदबाट सो सम्झौता पारित गर्न हतारिएका छन् । यद्यपि सत्तारूढ घटकभित्र मतैक्यता नहुंदा उनले एक्लै एमसीसीलाई संसदमा टेबुल गर्न सकेका छैनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए । यही बैठकले सत्तागठबन्धनको भविस्य निर्धारण गर्ने कांग्रेस निकटस्थहरुको बुझाइ छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो ।
माओवादीले यथास्थितिमा एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने चेतावनी दिएको छ । माओवादीको चेतावनीपछि देउवा ब्याक हुँदै थप छलफलमा जुटेका हुन् ।

उसो त नेकपा एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा छैन भने गठबन्धनकै दल राष्ट्रिय जनमोर्चा यसअघि नै एमसीसीको विपक्षमा आन्दोलित भइसकेको छ भने जसपापनि एमसीसीबारे विभाजित छ ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal