सलमान खान नेपाल आउँदै

२०७८ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । वैशाख ३ गते काठमाडौंको दशरथ रङ्गशालामा हुने एक साङ्गीतिक कार्यक्रममा सामेल हुन सलमान खान आउने भएका हुन्।

सलमानसँगै सोही कार्यक्रममा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलीन फर्नान्डिज, निर्देशन तथा कोरियोग्राफर प्रभु देवा, मनिष पौललगायत सहभागी हुने भएका छन्।

यी कलाकारलाई नेपाल ल्याउने काम भने ओडीसी एन्टरटेन्मेन्टले गरिरहेको छ। यसका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानसहितका कलाकारलाई नेपाल ल्याउने सबै तयारी पूरा भइसकेको जनाएको छ।

२०७४ को फागुनमै ओडीसीले सलमान खानलाई नेपाल ल्याउने तयारी गरेको थियो। त्यतिबेला ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ शो आयोजना गर्ने भनिए पनि विभिन्न विवादका कारण कार्यक्रम आयोजना हुन पाएको थिएन।

ओडीसीले यसअघि सन् २०११ मा विश्वचर्चित क्यानेडियन गायक ब्रायन एडम्सलाई नेपाल ल्याएको थियो।

224 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal