प्रचण्ड राष्ट्रघात गर्ने पाखण्डी भएको बाबुराम भट्टराईको आरोप

२०७८ माघ २४ गते, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी नेपालमा परित गर्ने भन्दै अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि टिप्पणी गरेका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा प्रचण्डलाई दुई जिब्रेको संज्ञा दिँदै पाखण्डी स्वभावको प्रवृत्तिले मुलुक नबन्ने बताएका छन् ।

‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद १ माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन,’ भट्टराईले भनेका छन् ।

उनले अध्यक्ष प्रचण्डलाई भित्र भित्र राष्ट्रघात गर्ने र बाहिर भने राष्ट्रवादको भ्रम छर्ने भन्दै टिप्पणी गरेका छन् ।

भट्टराईले प्रचण्डमा माछा देखे भित्र हात हाल्ने र सर्प देखे बाहिर हात निकाल्ने, भित्र खाओवाद बाहिर माओवाद प्रवित्तिको चित्रण भइसकेको आरोप लगाएका छन् ।

प्रचण्डको यो प्रवृत्तिका कारण एमसीसी जुन ढंगले गिजोलिँदै छ । त्यसको परिणाम भम्भीर हुने र अति भए खति हुने उनले उल्लेख गरेका छन् ।

डा. भट्टराईको ट्वीट
भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !

240 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal