नेपाल फुटबल संघ चुनावी अभियानमा जुट्यो

२०७८ माघ २१ गते, शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा चुनावी अभियानमा होमिएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा विहीबार बसेको कार्यसमितिको बैठकले निर्वाचनका लागि निर्वाचन समिति र निर्वाचन अपिल समिति गठन गरेको छ ।

तर त्यो समितिमा मनोनित गरिएका व्यक्तिहरुलाई २९ गते बस्ने साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । निर्वाचन समितिको संयोजकमा अधिवक्ता राम दवाडी रहेका छन् । यसैगरी सह संयोजकमा अधिवक्ता रामचन्द्र गौतम र सदस्यमा दामोदर भट्टराई रहेका छन् ।

यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता विष्णु लुईँटेल र सह संयोजकमा अधिवक्ता सुधा रिजाल रहेकी छिन् । यसैगरी सदस्यमा केशबमणि अर्याल रहेको जनाइएको छ । एन्फाको नयाँ नेतृत्व चयनका लागि जेठ १५ गते चुनाव हुँदै छ । एन्फाको निर्वाचनमा ९२ जनाको सदस्यता रहे पनि योग्यता नपुगेका कारण ५ जनाले चुनावमा मतदान गर्न पाउने छैनन् ।

त्यसअघि एन्फा सदस्य किरण राईको संयोजकत्वमा रहको निर्वाचन निर्देशिका समितिले बुझाएको प्रतिवेदन पारित गरिएको थियो । उक्त प्रतिवेदन अहिले पारित भए पनि फिफा र एएफसीले दिने सुझावलाई पनि थप गरिने सहमति पनि भएको जनाइएको छ ।

यसैगरी एन्फा उपाध्यक्ष विरबहादुर खड्का नेतृत्वको छानविन समितिले पनि प्रतिवेदन अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाएको छ । प्रतिवदेन भने गोप्य राखिएको छ ।

251 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal