अधिकाँश क्षेत्रमा आज वर्षा र हिमपात

काठमाडौं । बिहीबारदेखि सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज शुक्रबार मुलुकभर वर्षा र हिमपात भएको समाचार प्राप्त भएको छ । पश्चिमी जिल्लाहरूमा बिहीबार बेलुकाबाटै पानी परिसकेको छ । शुक्रबार तराई र पहाडमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज विहानैदेखि काठमाडौंमा पानी परिरहेको छ भने चन्द्रागिरीमा बाक्लो हिमपात भएको समाचार प्राप्त भएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानांगले पश्चिमबाट प्रवेश गरेको वायु काठमाडौं उपत्यकामा बिहीबार राति नै प्रवेश गरिसक्ने बताए । ‘देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित वर्षाको सम्भावना छ,’ उनले भने ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको आकलन गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणाली बुधबार रातिदेखि नेपाल प्रवेश गरेको हो । यो प्रणालीले बिहीबार नै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका कतिपय भेगमा वर्षासँगै हिमपात गराएको छ ।
शनिबार यो प्रणाली पूर्वी नेपालतर्फ सर्दै जाने अनुमान छ । सो दिन प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ । आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने महाशाखाको अनुमान छ ।
ताजा

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँसगढी नगरपालिकामा एमाले विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि
२०७९ जेष्ठ ४ गते, बुधबार
मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर
२०७९ जेष्ठ ४ गते, बुधबार
भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए
२०७९ जेष्ठ ४ गते, बुधबार
धादिङको धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादीको विजयी
२०७९ जेष्ठ ३ गते, मंगलवार
रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी
२०७९ जेष्ठ ३ गते, मंगलवार
गगन थापाको वडामा पनि बालेन अगाडि
२०७९ जेष्ठ ३ गते, मंगलवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार