अधिकाँश क्षेत्रमा आज वर्षा र हिमपात

२०७८ माघ २१ गते, शुक्रबार

काठमाडौं । बिहीबारदेखि सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज शुक्रबार मुलुकभर वर्षा र हिमपात भएको समाचार प्राप्त भएको छ । पश्चिमी जिल्लाहरूमा बिहीबार बेलुकाबाटै पानी परिसकेको छ । शुक्रबार तराई र पहाडमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज विहानैदेखि काठमाडौंमा पानी परिरहेको छ भने चन्द्रागिरीमा बाक्लो हिमपात भएको समाचार प्राप्त भएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानांगले पश्चिमबाट प्रवेश गरेको वायु काठमाडौं उपत्यकामा बिहीबार राति नै प्रवेश गरिसक्ने बताए । ‘देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित वर्षाको सम्भावना छ,’ उनले भने ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको आकलन गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणाली बुधबार रातिदेखि नेपाल प्रवेश गरेको हो । यो प्रणालीले बिहीबार नै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका कतिपय भेगमा वर्षासँगै हिमपात गराएको छ ।

शनिबार यो प्रणाली पूर्वी नेपालतर्फ सर्दै जाने अनुमान छ । सो दिन प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ । आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने महाशाखाको अनुमान छ ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal