घट्यो टेलिकमबाट फोन गर्दा लाग्ने शुल्क

२०७८ माघ १९ गते, बुधबार

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल तथा ल्यान्डलाइन फोनबाट अन्य कम्पनीहरूको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाएको छ । कम्पनीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको नयाँ व्यवस्थाअनुसार मङ्गलबारदेखि लागू हुनेगरि कलको दर परिमार्जन गरेको हो ।

टेलिकमले आफ्नो तारवाला फोनबाट अर्को सेवा प्रदायकको (एनसेल वा स्मार्ट टेलिकम) मोबाइलमा कल गर्दा प्रति मिनेट कर बाहेक १ रुपैयाँ १० पैसा मात्र लाग्नेछ ।
यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट कर बाहेक १ रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट कर बाहेक एक रुपैयाँ ६२ पैसा मात्र लाग्नेछ ।

साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा एसएमएस पठाउँदा लाग्ने प्रति एसएमएस कर बाहेक एक रुपैयाँ १० पैसा कायम हुनेछ ।

कुनै एउटा दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने शुल्क ९अन्तरआबद्धता शुल्क० घटाउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता निर्देशिका जारी गरेको थियो ।

सोही निर्देशिका अन्तर्गत कम्पनीले अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार कल तथा एसएमएसको शुल्क घटाएको हो । नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर प्राधिकरणबाट समेत स्वीकृत भइसकेको छ ।

274 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal