घट्यो टेलिकमबाट फोन गर्दा लाग्ने शुल्क

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल तथा ल्यान्डलाइन फोनबाट अन्य कम्पनीहरूको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाएको छ । कम्पनीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको नयाँ व्यवस्थाअनुसार मङ्गलबारदेखि लागू हुनेगरि कलको दर परिमार्जन गरेको हो ।
टेलिकमले आफ्नो तारवाला फोनबाट अर्को सेवा प्रदायकको (एनसेल वा स्मार्ट टेलिकम) मोबाइलमा कल गर्दा प्रति मिनेट कर बाहेक १ रुपैयाँ १० पैसा मात्र लाग्नेछ ।
यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट कर बाहेक १ रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट कर बाहेक एक रुपैयाँ ६२ पैसा मात्र लाग्नेछ ।
साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा एसएमएस पठाउँदा लाग्ने प्रति एसएमएस कर बाहेक एक रुपैयाँ १० पैसा कायम हुनेछ ।
कुनै एउटा दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने शुल्क ९अन्तरआबद्धता शुल्क० घटाउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता निर्देशिका जारी गरेको थियो ।
सोही निर्देशिका अन्तर्गत कम्पनीले अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार कल तथा एसएमएसको शुल्क घटाएको हो । नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर प्राधिकरणबाट समेत स्वीकृत भइसकेको छ ।
ताजा

रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई कैद सजाय माफी
२०८० जेष्ठ १५ गते, सोमबार
आज बजेट सार्वजनिक हुने
२०८० जेष्ठ १५ गते, सोमबार
१६औँ गणतन्त्र दिवस आज, सार्वजनिक विदा
२०८० जेष्ठ १५ गते, सोमबारसार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने
२०८० जेष्ठ ११ गते, बिहीबार
रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी
२०८० जेष्ठ ११ गते, बिहीबार
अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !
२०८० जेष्ठ ११ गते, बिहीबार
नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम छैनन्ः सांसद भण्डारी
२०८० जेष्ठ ११ गते, बिहीबार
मेयर बालेनको दृढताले निजी विद्यालयहरुलाई तनाव
२०८० जेष्ठ ११ गते, बिहीबार
२०४६ सालयताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न सांसद विष्टको माग
२०८० जेष्ठ ११ गते, बिहीबारलोकप्रिय

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार