नेविसंघको महाधिवेशन गराउन पार्टीले आवश्यक निर्णय लिन्छः महामन्त्री थापा

२०७८ माघ १८ गते, मंगलवार

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताएका हुन् । उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेविसंघ भित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाई नहुने बताए । उनले भने, ‘केही दिन भित्रै हामी निर्णय गर्छौं र, त्यो निर्णयलाई सबै साथीभाईले त्यसलाई साथ दिएर नेपाल विद्यार्थी संघलाई अधिवेशनमा लिएर जाने वातावरण बनाई दिनुहोस्, यतिनै आग्रह गर्दछु । केन्द्रिय कार्य सम्पादन समितिमा भातृ संस्था, शुभेच्छुक संस्थाहरु, यसमा एउटा एजेन्डा हुन्छ । त्यसको आधारमा निर्णय पनि हुन्छ । माघको १५÷१६ मै निर्णय होस् भन्ने चाहन्थ्यौँ । कोभिडका कारण बैठक बस्न सकेन । अव कार्य सम्पादन बस्छ । सम्भवतः यही शुक्रबार बस्छ होला । त्यसबारे निर्णय हुन्छ ।

225 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal