एक्स–रेका लागि पनि अर्को जिल्ला जानुपर्छ मनाङबासीलाई

२०७८ माघ १७ गते, सोमबार

मनाङ । सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ । सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म हुँदैन। जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था छैन ।

मनाङ भौगोलिक रुपमा विकट भएकाले पनि उपचारको पहुँचमा पुग्न समस्या छ । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने समस्या हलगर्न सम्बन्धित निकायलाई स्थानीयवासीको गुनासो छ। सामान्य चोटपटक लागेपछि उपचारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता हिमाली जिल्ला मनाङका स्थानीयले खेपिरहेका छन्।

एक्स(रे, भिडियो एक्स(रे लगायतका प्राविधिक सेवा मनाङमा उपलब्ध छैनन् । यसले गर्दा यहाँ कुनै चोटपटक लागेका व्यक्ति पनि दुई–तीन दिन लगाएर छिमेकी जिल्ला पुगी उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

सामान्य देखिएका चोटपटकको उपचारका लागि जिल्लामा मेसिन उपलब्ध रहेपनि उपयोग भने नभएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए। उनका अनुसार जिल्लाको एउटा मात्रै अस्पतालमा पनि सामान्य सेवा प्रवाह गर्न मुस्किल भएको छ।

‘अस्पतालमा आवश्यक चिकित्सक पनि उपलब्ध छैनन् । अस्पतालमा उपलब्ध सामग्री उपयोग गर्न सकेका छैनौँ। यस विषयमा सम्बन्धित निकाय समक्ष समेत जानकारी गराएका छौँ’, आचार्यले भने।

विकट जिल्ला भीरपाखामा काम गर्ने कामदार तथा स्थानीयमा चोटपटक लागेमा अस्पतालसम्म पुर्‍याए पनि आवश्यक उपचार पाउन नसकेर अन्यत्र जिल्ला पुर्‍याउन सकिएन भने ज्यान जान सक्ने अवस्था छ । अस्पतालमा आएका बिरामीलाई सामान्यबाहेक अन्य सेवा पर्वाह गर्न नसकेको उनले बताए ।

‘मनाङबासीलाई समय हेलिकप्टर चाटर्ड गरेर मात्रै उपचारको पहुँचमा पुग्न सक्ने अवस्था छ । मौसम अनुकूल नभएको अवस्थामा ज्यान नै जान सक्छ। यस्तो जोखिमबाट जोगाउने उद्देश्यले प्रदेश, सङ्घ तथा स्थानीय सरकार समक्ष पहल गरिरहेका छौँ। हालसम्म सुनुवाई भने भएको छैन,’ आचार्यले भने, ‘समयमै सम्बन्धित निकाय सचेत भइदिएमा जिल्लावासीलाई यहीँ नै सहज रुपमा उपचार सेवा दिन सकिनेछ।’

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले स्वास्थ्य सेवा सहज बनाउन स्थानीय सरकारसँग पनि समन्वय भइरहेको बताउनुभयो । उहाँका अनुसार यहाँका स्थानीय सरकारले पनि प्रदेश र सङ्घीय सरकारलाई यसका लागि दबाब दिएका छन्।

‘जिल्ला अस्पतालमा प्राविधिकको आवश्यकता छ । अस्पतालमा मेसिन मात्रै जडान गरेर भएन। चलाउने प्राविधिकको आवश्यकता छ। यसको पूर्तिका लागि प्रदेश सरकारसमक्ष पेश गरेका छौँ। विकट जिल्ला भएकाले होला यहाँ कर्मचारी आउन नचाहेको जस्तो पनि लाग्छ। स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको व्यवस्थापन गरोस् भनेर अपिल गरिरहेका छौँ’, प्रजिअ आचार्यले भने, ‘छिट्टै प्राविधिकको व्यवस्थापन गर्ने काममा लाग्नेछौँ।’

स्थानीय सरकारले पटकपटक जिल्लामा कम्तीमा आधारभूत स्वास्थ्य सेवा सहज बनाउन प्रदेश र संघीय सरकार समक्ष आग्रह गरिरहेको जनाउँदै आएका छन् । समयमा सम्बन्धित निकायको ध्यान पुगेमा मनाङवासीको सकसपूर्ण सडकमार्फत अर्को जिल्लामा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्न सक्नेछ ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal