कोरोना नियन्त्रण भन्दा सरकारको ध्यान अन्यत्रः पुर्वमन्त्री श्रेष्ठ
बुटवल । लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि बढाएको जानकारी दिनुभयो ।
सोमवार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले पहिलो खोप लगाएका मध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताउनु भयो । उहाँले ८५ प्रतिशत लाई पहिलो खोप लागएको र दोश्रो खोप ७० प्रतिशतलाई लगाइसकेको समेत जानकारी दिँदै १२ देखी १७ वर्ष सम्मका बालबालिका पहिलो डोज दिने तयारी गरेको बताए । उहाँले फागुन सम्ममा सवैलाई खोप लागाउने योजना प्रदेश सरकारको रहेको बताउनु भयो ।
उहाँले खोप प्रति ग्रामिण भेगका नागरिकमा चेतनाको समस्याले गर्दा खोप लगाउनेको संख्या पुर्ण हुन नसकोको समेत बताउनु भयो । स्थानिय तहको संवन्यमा नागरिकलाई खोजि खोजि खोप लगाउने तयारी गरिरहेको बताउनु भयो । मन्त्री थारुले जिल्लामा नियमित खोप लगाउने केन्द्रको स्थापना गरि खोप लगाउने योजना रहेको बताउनु भयो ।
प्रदेश सरकारले नागरिक समाज , स्थानिय तह , सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा माहामारी नियन्त्रणलाई गर्नु पर्ने बताउनु भयो ।
पुर्व स्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोज प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भिर नभएको आरोप लगाउनु भएको छ । उहाँले नागरिकलाई खोपलगाउने विषय ,कोभिड नियन्त्रण तथा व्यवस्थापन , स्थानिय पालिकासंग सम्वन्य र परिचालनको साथै कर्मचारी परिचालनमा कडाई साथ नलागेको आरोप लगाउनु भयो ।
उहाँले प्रतिपक्षले महमारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यन्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको बताउदैँ बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजनाहरु कटौती गर्न नहुने बताउनु भयो ।
उहाँले अहिलेको सरकारले निजि क्षेत्र संग सहकार्य नगर्ने , स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने वातावरणा नबनाउने र विगतका कानूनी जटिलतालाई पनि सुधार गर्न नसके स्वास्थ्य जोखिम बढेर जाने औँल्याउनु भयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





