कोरोना नियन्त्रण भन्दा सरकारको ध्यान अन्यत्रः पुर्वमन्त्री श्रेष्ठ
बुटवल । लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि बढाएको जानकारी दिनुभयो ।
सोमवार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले पहिलो खोप लगाएका मध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताउनु भयो । उहाँले ८५ प्रतिशत लाई पहिलो खोप लागएको र दोश्रो खोप ७० प्रतिशतलाई लगाइसकेको समेत जानकारी दिँदै १२ देखी १७ वर्ष सम्मका बालबालिका पहिलो डोज दिने तयारी गरेको बताए । उहाँले फागुन सम्ममा सवैलाई खोप लागाउने योजना प्रदेश सरकारको रहेको बताउनु भयो ।
उहाँले खोप प्रति ग्रामिण भेगका नागरिकमा चेतनाको समस्याले गर्दा खोप लगाउनेको संख्या पुर्ण हुन नसकोको समेत बताउनु भयो । स्थानिय तहको संवन्यमा नागरिकलाई खोजि खोजि खोप लगाउने तयारी गरिरहेको बताउनु भयो । मन्त्री थारुले जिल्लामा नियमित खोप लगाउने केन्द्रको स्थापना गरि खोप लगाउने योजना रहेको बताउनु भयो ।
प्रदेश सरकारले नागरिक समाज , स्थानिय तह , सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा माहामारी नियन्त्रणलाई गर्नु पर्ने बताउनु भयो ।
पुर्व स्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोज प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जोखिमका विषयमा गम्भिर नभएको आरोप लगाउनु भएको छ । उहाँले नागरिकलाई खोपलगाउने विषय ,कोभिड नियन्त्रण तथा व्यवस्थापन , स्थानिय पालिकासंग सम्वन्य र परिचालनको साथै कर्मचारी परिचालनमा कडाई साथ नलागेको आरोप लगाउनु भयो ।
उहाँले प्रतिपक्षले महमारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यन्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको बताउदैँ बजेट जोगाउने नाममा जनताका सुविधा कटौती गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजनाहरु कटौती गर्न नहुने बताउनु भयो ।
उहाँले अहिलेको सरकारले निजि क्षेत्र संग सहकार्य नगर्ने , स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्ने वातावरणा नबनाउने र विगतका कानूनी जटिलतालाई पनि सुधार गर्न नसके स्वास्थ्य जोखिम बढेर जाने औँल्याउनु भयो ।
ताजा
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबार
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ चैत्र २५ गते, बुधबार
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न
२०८२ चैत्र २३ गते, सोमबार
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
२०८२ चैत्र २२ गते, आईतवार
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८२ चैत्र २२ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





