एक हप्तामै १० हजार सङ्क्रमित

२०७८ पुष २९ गते, बिहीबार

काठमाडौं । नेपालमा एक हप्तामा १० हजार सङ्क्रमित फेला परेका छन् । यही पुस २२ गतेदेखि पुस २८ गतेसम्म १० हजार ५८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पुस २२ गते ५४०, पुस २३ गते ९६८, पुस २४ गते ९४४, पुुस २५ गते एक हजार १६७, पुस २६ गते एक हजार ४४६, पुस २७ गते दुई हजार ४४४ तथा पुस २८ गते तीन हजार ७५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

दिनप्रतिदिन बढ्दै छ कोरोना सङ्क्रमण
कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले सङ्क्रमण बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले सङ्क्रमण गत हप्ताको तुलनामा यसहप्ता ९।२ प्रतिशतले बढेको बताउनुभयो । ओमिक्रोन भेरियन्टले सङ्क्रमण एक जनाबाट १० जनामा सार्ने गर्दछ ।

सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई तथा दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बढाउने गर्दथ्यो । उहाँका अनुसार अघिल्लो हप्ताको ४९ हजार ८७७ जनाको पिसिआर परीक्षणमा दुई हजार ३० जनामा सङ्क्रमण देखिएको छ । यसहप्ता ६२ हजार ७५५ जनाको पिसिआर गरिएकोमा आठ हजार ३७३ जनामा सङ्क्रमण देखिएको थियो । यस हप्ता परीक्षण २५।८ प्रतिशतले गरेका छन् ।

यसहप्ताको सङ्क्रमण दर १३.३ प्रतिशत छ । एन्टिजेन परीक्षण गर्दा ६.७ प्रतिशतले पछिल्लो हप्ताको तुलनामा यसहप्ता सङ्क्रमण बढेको पाइएको छ । खोप नलगाउने व्यक्तिमा लगाएको भन्दा १० गुणा बढी सङ्क्रमण बढ्छ । यस्तै खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गा¥हो ओमिक्रोनले १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढाउने गर्ने अध्ययनले देखाएको छ ।

115 Views

ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

२०८१ चैत्र ४ गते, सोमबार

फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

२०८१ चैत्र ४ गते, सोमबार

श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

२०८१ चैत्र ४ गते, सोमबार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal