चितवन क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदनः भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च

२०७८ पुष २८ गते, बुधबार

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ। रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ।

रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई पत्र पठाएको थियो। रंगशालाको भौतिक तथा आर्थिक मूल्यांकन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो।

महानगरले रंगशालाको भौतिक प्रगति मूल्यांकन गर्न शघन सहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याकंन गर्न नेपाल चार्टड एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो।

प्रारम्भिक मूल्याकंन प्रतिवेनदअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत छ। रंगशाला निर्माणमा हालसम्म ५१ करोड बढी खर्च भएको देखिन्छ। दुई वटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेनु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन्। रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ।

महानगरले प्रारम्भिक प्रतिवेदन पेश गरे पनि उक्त प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले अन्तिम रुप दिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए। ‘फाइनल मूल्यांकन मन्त्रालयले पनि गर्न सक्छ। हामीलाई प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार चाहिँ भौतिक प्रगति १४ प्रतिशत छ’, उनले भने, ‘त्यो प्रतिवेदन मेयरसापले मन्त्रालयमा लगेर पेस गरेका छन्।’

महानगरले बुझाएको प्रतिवेदनमा मन्त्रालयको चित्त नबुझे मन्त्रालय आफैले पनि मूल्याकंन गर्न सक्ने उनको भनाइ छ। सघन सहरीले तीन दिन अगाडि महानगरलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो। आर्थिक मूल्यांकनका लागि महागनरले नेपाल चार्टड एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो। संस्थाले आठ दिनअगाडि नै आर्थिक मूल्यांकनको प्रारम्भिक प्रतिवेदन महानगरलाई दिएको हो।

दुवै निकायले बुझाएको प्रतिवेदनमा प्रारम्भिक भनिएको उनले बताए। नेपाल चार्टड एकाउन्टेडको प्रारम्भिक प्रतिवेदनअनुसार ५१ करोड बढी खर्च भएको देखिएको उनले बताए। रंगशाला निर्माणमा लागेको ऋणको विषयमा भने मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ।

‘प्रारम्भिक रुपमा ५१ करोडभन्दा केही बढी खर्च भएको देखिन्छ। वित्तीय प्रगति हेर्न बाँकी छ। ऋण कति रहेछ भनेर स्वतन्त्र अडिटले तयार गर्ने प्रतिवेदनसँग भिडाउन बाँकी छ’, उनले भने, ‘छिटो गरौँ भनेको भएर प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा पठाइहाल्यौँ। ऋणलगायतका कुरा निकाल्न बाँकी छ।’

बाँकी कामको विषयमा सरकारले नै निर्णय गर्न सक्ने उनले बताए।

अनुमानित तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा हालसम्म ५४ करोडभन्दा बढी खर्च भइसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसको दाबी छ। ५४ करोडमा १७ करोडजति त ऋण नै रहेको उनले बताए। फाउण्डेशनले महानगरलाई स्वामित्व ग्रहण गरिदिन भनेर लेखेको पत्रमा रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत छ।

रामपुरमा ३० हजार क्षमताको रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिका र फाउण्डेशनबीच १६ माघ २०७५ मा सहमतिपत्रमा हस्ताक्षर भएको हो। जनस्तरबाट आर्थिक संकलन गरेर रंगशाला निर्माण गर्ने फाउण्डेशनको योजना थियो। यसबीचमा सिर्जित कोरोना महामारीका कारण पर्याप्त आर्थिक संकलन हुन सकेन।

रंगशाला बनाउन महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरसँग २० बिघा ६ कठ्ठा जग्गा लिएको हो। सहमतिपत्रमा हस्ताक्षर भएको दुई वर्षभित्र रंगशाला निर्माण सम्पन्न हुने बताइएको थियो।

फाउण्डेशनका अनुसार रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ। मैदान पनि तयार भइसकेको छ। रंगशालाको लागि ४० हजार जनाभन्दा बढीले आर्थिक सहयोग गरेको फाउण्डेशनले बताएको छ।
–कुलप्रसाद काफ्ले (न्युज कारखाना)

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal