सुवर्णको ‘म‘ मा नरेनको ‘इन्ट्री’

२०७८ पुष २५ गते, आईतवार

काठमाडौ । पछिल्लो समयका ब्यस्त अभिनेता नरेन खड्का ‘म’ नामक फिल्ममा अनुबन्धित भएका छन् । सुवर्ण थापाको निर्देशनमा सोमबारदेखि काठमाडौमा सुटिङ सुरु भएको फिल्ममा नरेन प्रमुख भूमिकामा रहेका छन् ।
कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा दुई बर्ष अघिनै भएको थियो । कोरोना भाइरसका कारण संसारै ठप्प भएकाले केही दृश्य खिचिएको भएता पनि सो फिल्मको सुटिङ पूरा भएन । अहिले पूरै नयाँ कलाकार तथा प्राबिधिकका साथमा ‘म’ को सुरुदेखि नै सुटिङ थालीएको छ ।
कान्तिपुर फिल्म एकेडेमीका सिइयो प्रकाश पुरीको लेखन रहेको फिल्ममा नरेनका साथमा सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामीछाने, रुविना थापा, प्रमोद अग्रहरि, निराजन प्रधानलगायतको अभिनय छ । बिमला गुरागार्इँ निर्माता रहेको फिल्मले सामाजीक कथा प्रस्तुत गर्ने जनाउ निर्देशक थापाले दिएका छन् ।
‘हमेशा’,‘परदेशी’ लगायतका सुपरहिट फिल्मका अभिनेता नरेन पछिल्लो समय फिल्मसँगै म्युजीक भिडियो तथा बिज्ञापनमा समेत ब्यस्त छन् । हालै कर्णाली भेकको कथामा ‘बुलाकी’ फिल्मको सुटिङ सकाएका उनले ‘म’ को स्क्रिप्ट तथा टिम मन परेकाले आफू आशावादी रहेको बताएका छन् ।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal