‘दिल्लीमा लकडाउन हुँदैन’–केजरीवाल

२०७८ पुष २५ गते, आईतवार

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन नहुने जानकारी दिएका छन् । तर यसका लागि उनले एउटा शर्तसमेत राखेका छन् । उनका अनुसार मानिसले मास्क लगाए लकडाउन लगाइने छैन ।

केजरीवालले आइतबार सोसल मिडियामार्फत् यसबारे कुरा गरेका छन् । यसका साथै उनले आफ्नो स्वास्थ्य स्थितिबारे पनि जानकारी दिए । उनले आफू कोरोनाभाइरसको संक्रमणबाट निको भइसकेको पनि बताएका छन् ।

उनले भने, ‘७–८ दिन म होम हाइसोलेशनमा बसेँ । तपाईंहरुले प्रार्थना गरिदिनुभयो, त्यसका लागि धन्यवाद । मलाई दुई दिन ज्वरो आएको थियो, त्यसपछि म निको भएँ । म तपाईंहरुको सेवामा पुनः हाजिर छु ।’

उनले दिल्लीमा कोरोनाको स्थितिबारे कुरा गर्र्दै भने, ‘दिल्लीमा कोरोनाको गती तीब्र रुपमा बढिरहेको छ, त्यसको विषयमा म चिन्तित थिएँ र सबै अधिकारीसँग सम्पर्कमा थिएँ । आज बेलुका २२ हजार कोरोना संक्रमित भेटिन सक्छन् । तीब्र रुपमा संक्रमित बढिरहेका छन् तर डराउनुपर्ने कुरा छैन । यो म आँकडाको अध्ययनको आधारमा भनिरहेको छु ।’

‘पछिल्लो लहरमा अघिल्लो वर्ष ७ मेमा २० हजार संक्रमित भेटिएका थिए र ३४१ जनाको मृत्यु भएको थियो तर हिजो जब २० हजार संक्रमित भेटिए तब ७ जनाको मृत्यु भयो । यो लहरमा कम मृत्यु भइरहेको छ । मानिसहरु अस्पताल नै भर्ना हुनुपर्ने अवस्था कम छ ।’

‘डराउनु पर्दैन तर जिम्मेवारीका साथ काम भने गर्नुपर्छ । मास्क लगाउन असाध्यै जरुरी छ । हामी लकडाउन लगाउँदैनौँ यदि तपाईंहरुले मास्क लगाउनुहुन्छ भने । दिल्लीमा लकडाउन लगाउने कुनै योजना छैन । मानिसको रोजगार चल्न सकोस् भनेर निकै कम प्रतिबन्ध लगाउने हाम्रो कोसिस छ ।’

‘अघिल्लो वर्ष अप्रिलमा हामीले कोरोनाको लहर पार गरेका थियौँ, यसपटक पनि पार गर्नेछौँ । धेरैभन्दा धेरैले कोरोनाको भ्याक्सिन लगाउनुहोस्,’ उनले भने ।

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal