‘दिल्लीमा लकडाउन हुँदैन’–केजरीवाल

२०७८ पुष २५ गते, आईतवार

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन नहुने जानकारी दिएका छन् । तर यसका लागि उनले एउटा शर्तसमेत राखेका छन् । उनका अनुसार मानिसले मास्क लगाए लकडाउन लगाइने छैन ।

केजरीवालले आइतबार सोसल मिडियामार्फत् यसबारे कुरा गरेका छन् । यसका साथै उनले आफ्नो स्वास्थ्य स्थितिबारे पनि जानकारी दिए । उनले आफू कोरोनाभाइरसको संक्रमणबाट निको भइसकेको पनि बताएका छन् ।

उनले भने, ‘७–८ दिन म होम हाइसोलेशनमा बसेँ । तपाईंहरुले प्रार्थना गरिदिनुभयो, त्यसका लागि धन्यवाद । मलाई दुई दिन ज्वरो आएको थियो, त्यसपछि म निको भएँ । म तपाईंहरुको सेवामा पुनः हाजिर छु ।’

उनले दिल्लीमा कोरोनाको स्थितिबारे कुरा गर्र्दै भने, ‘दिल्लीमा कोरोनाको गती तीब्र रुपमा बढिरहेको छ, त्यसको विषयमा म चिन्तित थिएँ र सबै अधिकारीसँग सम्पर्कमा थिएँ । आज बेलुका २२ हजार कोरोना संक्रमित भेटिन सक्छन् । तीब्र रुपमा संक्रमित बढिरहेका छन् तर डराउनुपर्ने कुरा छैन । यो म आँकडाको अध्ययनको आधारमा भनिरहेको छु ।’

‘पछिल्लो लहरमा अघिल्लो वर्ष ७ मेमा २० हजार संक्रमित भेटिएका थिए र ३४१ जनाको मृत्यु भएको थियो तर हिजो जब २० हजार संक्रमित भेटिए तब ७ जनाको मृत्यु भयो । यो लहरमा कम मृत्यु भइरहेको छ । मानिसहरु अस्पताल नै भर्ना हुनुपर्ने अवस्था कम छ ।’

‘डराउनु पर्दैन तर जिम्मेवारीका साथ काम भने गर्नुपर्छ । मास्क लगाउन असाध्यै जरुरी छ । हामी लकडाउन लगाउँदैनौँ यदि तपाईंहरुले मास्क लगाउनुहुन्छ भने । दिल्लीमा लकडाउन लगाउने कुनै योजना छैन । मानिसको रोजगार चल्न सकोस् भनेर निकै कम प्रतिबन्ध लगाउने हाम्रो कोसिस छ ।’

‘अघिल्लो वर्ष अप्रिलमा हामीले कोरोनाको लहर पार गरेका थियौँ, यसपटक पनि पार गर्नेछौँ । धेरैभन्दा धेरैले कोरोनाको भ्याक्सिन लगाउनुहोस्,’ उनले भने ।

249 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal