प्रचण्ड देशका लागि घातकः अध्यक्ष लुइटेल

२०७८ पुष २३ गते, शुक्रबार

काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्तीमा सार्बजनिक विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौंको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्वहरु लागेको आरोप समेत लगाएको छ ।
मोर्चाका संयोजक तारानाथ लुइटेलले २२से÷२४से गण राज्यहरुलाई एकीकरण गरेर आजको नेपाल निमार्ण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरुलाई नछाड्ने चेतावानी दिए । भर्खरै नेकपा ९माओवादी केन्द्र०को महाधीवेसनले वैदिक सनातन धर्म विरुद्ध आपत्ति जनक निर्णय गरेको जुन बहुसंख्यक हिन्दु धर्मावलम्बिहरुलाई सह्य नहुने बताउँदै भने,“खबर्दार १ प्रचण्ड हामीलाई होम,पुराण,यज्ञ गर्न नदिने निर्णयले हाम्रो स्वाभीमानमाथि ठेस पुगेको छ, यस्को दुषपरिणमको भागिदार हुन तयार हुनु ।” अध्यक्ष लुइटेलले माओवादी महाधीवेसनमा कार्यकर्तालाई धर्मसंस्कृति विरुद्ध कासन गर्ने प्रचण्ड र उनको पार्टी देशका निम्ति घतक भएको आरोप लगाए ।
लुइटेलले हरेक देशको आफ्नो धर्म हुने विषयको स्मरण गराउँदै नेपाल पशुपतिनाथ र गौतम बुद्धको देश भएकोले यसको विश्वमा पृथक पहिचान रहेकोले त्यसलाई मेटाउन खोज्नेहरु देश द्रोही भएको बताए ।
मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले आजको स्वाधिन नेपाल पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उनकै देनबाट स्थापित भएकोले उनको जन्मजयन्तिलाई भव्यताका साथ मनाउनु पर्ने माग राखे ।
पत्रकार सम्मेलनमा मोर्चाकी प्रवक्ता सिर्जना वाग्लेले अहिलेको सरकारलाई बहिरोको संज्ञा दिदै भनिन्,“जनताले सडकबाट समेत बडामहाराजधिराज पृथ्वीनारणको सम्मानमा राष्ट्रिय एकता दिवसका दिन विदा तथा जन्मजयन्ति उत्सबकारुपमा मनाउन माग गर्दा पनि सुन्दैन, बरु गौरवशाली इतिहास मेटाउन खेज्दै छन्, तिनीहरुलाई जनताले छाड्ने छैनन् ।” उनले अगाडी भनिन्,“हाम्रो स्वाभिमानी इतिहास मेटाउन खोज्नेहरुको पनि अस्तित्व मेटाउने दिन नआवोस ।”
पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका अध्यक्ष हरिबोल भट्टराई, मोर्चाका राष्ट्रिय संयोजक द्वोय शेखरजंग रायमाझी, सोभाराम थापा, विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, मोर्चाका सहमहामन्त्री द्वोय स्यामसुन्दर बलामी र केशव ढुङगाना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal