ओलीले दिए सरकारलाई अलच्छिनाको संकेत

२०७८ पुष २३ गते, शुक्रबार

​​​​​​​काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई अलच्छिनाहरुको संज्ञा दिएका छन् ।
आज काभ्रेको धुलिखेलमा नेकपा एमाले काभ्रेको जिल्ला अधिवेशनलाई संवोधन गर्नुहुँदै अध्यक्ष ओलीले वर्तमान सरकार विर्गान, भत्काउन मात्र आएको बताउनुभयो ।
वर्तमान सरकार आएपछि जनताले आफूले राख्न दिएको पैसा बैंकमालिन जाँदा समेत पाउन नसकेको उहाँले बताउनुभयो । ‘जनताले आफैले कमाएर राख्न दिएको पैसा त पाउँदैनन्, व्यवसाय गर्न ऋण कहाँबाट पाउन।’ओलीको भनाई थियो । सरकारले १४ सय रणनीतिक सडकको बजेट काटेको भन्दै उहाँले यो सरकारलाई विर्गान भत्काउन मात्र आउने बताउनुभयो । आखिर यिनीहरूको सरकार बनेपछि किन अलच्छिना लाग्छ भन्नुहुँदै ओलीले भन्नुभयो, ‘एउटा अलच्छिना पसेपछि त बिग्रिन्छ पाँच पाँच वटा अलछिना पसेपछि त सकिहाल्यो ।’
ओलीले वर्तमान सरकारकै कारण मुलुकको ६ महिना खेर गएको बताउनुहुँदै यो सरकार अझ राख्यो भने झन् बर्बात हुने बताउँदै उहाँले चुनाव मार्फत यो सरकारलाई हटाइने दाबी गर्नुभयो । ‘यस अवस्थाबाट देशलाई फर्काउनु पर्‍यो, फेरी लक्षणका दिन ल्याउनु परयो, फेरी बैङ्कमा पैसा होस्, आयोजनाहरू सुचारु हुन्, पानी जहाज, बाटो घाँटो, रेल र टनेलका कामहरू अगाडस् बढुन् ।’
वर्तमान सरकार प्राविधिक शिक्षालाई खत्तम बनाउन लागेको बताउँनुहुँदै ओलीले गठबन्धनको सरकारले संसद् अधिवेशन स्थगित गरेर सीटीभीटी सम्बन्धी अध्यादेश ल्याउन खोजेको बताउनुभयो । ओलीले वार्षिक तीस हजार नर्स पढ्न चाहने विदार्थीहरु भइरहेपनि अहिले १ हजारलाई पनि पढाइ नभइरहेको बताउनुभयो । ‘सबै नर्सिङको पढाइ बन्द गरिएको छ,अझ प्राविधिक शिक्षालाई खत्तम बनाउन अध्यादेश ल्याउने तयारी चलिरहेको छ ।’ यो सरकारलाई बन्द गर्न, विर्गान मात्र आउने बताउनुहुँदै ओलीले भन्नुभयो,यिनीहरूलाई भत्काउन मात्र आउँछ किनकि यो त सेटिङबाट, परमादेशबाट सांसदलाई थाहै नदिई आएको सरकार हो ।’
ओलीले वर्तमान सरकारकै कारण कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका खत्तम भएको बताउनुभयो । अदालतको फोहोरी खेल सबै छर प्रस्ट भइसकेको बताउनुहुँदै उहाँले सभामुखको नाम नै लिन चाहनु भएन । ओलीले भन्नुभयो, वर्तमान सभामुखलाई त चिन्नुभएकै छ यहाँ अहिले नाम नलिऊ, फेरी कुल्ला गर्ने पानी छैन ।’
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रति लक्षित गर्दै कडा टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाँच हजारको जिम्मा लिन्छु भनेको के हो रु कृष्णप्रसाद सापकोटा, बलराम सापकोटाको जिम्मा लिने कि नलिने ? यो जिम्मा लिन्छु भनेको के हो ? सभामुख भएर गिच्च दाँत देखाउने हो ? ओलीको प्रश्न थियो ।
वर्तमान सरकारलाई डरपोक र काँतर भन्दै ओलीले एउटा नागरिकलाई तार काटेर खोलामा हारेर मार्दा समेत यस्तो भयो कारबाही गर भनेर भन्न नसकेको समेत बताउनुभयो ।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal