ओलीले दिए सरकारलाई अलच्छिनाको संकेत

२०७८ पुष २३ गते, शुक्रबार

​​​​​​​काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई अलच्छिनाहरुको संज्ञा दिएका छन् ।
आज काभ्रेको धुलिखेलमा नेकपा एमाले काभ्रेको जिल्ला अधिवेशनलाई संवोधन गर्नुहुँदै अध्यक्ष ओलीले वर्तमान सरकार विर्गान, भत्काउन मात्र आएको बताउनुभयो ।
वर्तमान सरकार आएपछि जनताले आफूले राख्न दिएको पैसा बैंकमालिन जाँदा समेत पाउन नसकेको उहाँले बताउनुभयो । ‘जनताले आफैले कमाएर राख्न दिएको पैसा त पाउँदैनन्, व्यवसाय गर्न ऋण कहाँबाट पाउन।’ओलीको भनाई थियो । सरकारले १४ सय रणनीतिक सडकको बजेट काटेको भन्दै उहाँले यो सरकारलाई विर्गान भत्काउन मात्र आउने बताउनुभयो । आखिर यिनीहरूको सरकार बनेपछि किन अलच्छिना लाग्छ भन्नुहुँदै ओलीले भन्नुभयो, ‘एउटा अलच्छिना पसेपछि त बिग्रिन्छ पाँच पाँच वटा अलछिना पसेपछि त सकिहाल्यो ।’
ओलीले वर्तमान सरकारकै कारण मुलुकको ६ महिना खेर गएको बताउनुहुँदै यो सरकार अझ राख्यो भने झन् बर्बात हुने बताउँदै उहाँले चुनाव मार्फत यो सरकारलाई हटाइने दाबी गर्नुभयो । ‘यस अवस्थाबाट देशलाई फर्काउनु पर्‍यो, फेरी लक्षणका दिन ल्याउनु परयो, फेरी बैङ्कमा पैसा होस्, आयोजनाहरू सुचारु हुन्, पानी जहाज, बाटो घाँटो, रेल र टनेलका कामहरू अगाडस् बढुन् ।’
वर्तमान सरकार प्राविधिक शिक्षालाई खत्तम बनाउन लागेको बताउँनुहुँदै ओलीले गठबन्धनको सरकारले संसद् अधिवेशन स्थगित गरेर सीटीभीटी सम्बन्धी अध्यादेश ल्याउन खोजेको बताउनुभयो । ओलीले वार्षिक तीस हजार नर्स पढ्न चाहने विदार्थीहरु भइरहेपनि अहिले १ हजारलाई पनि पढाइ नभइरहेको बताउनुभयो । ‘सबै नर्सिङको पढाइ बन्द गरिएको छ,अझ प्राविधिक शिक्षालाई खत्तम बनाउन अध्यादेश ल्याउने तयारी चलिरहेको छ ।’ यो सरकारलाई बन्द गर्न, विर्गान मात्र आउने बताउनुहुँदै ओलीले भन्नुभयो,यिनीहरूलाई भत्काउन मात्र आउँछ किनकि यो त सेटिङबाट, परमादेशबाट सांसदलाई थाहै नदिई आएको सरकार हो ।’
ओलीले वर्तमान सरकारकै कारण कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका खत्तम भएको बताउनुभयो । अदालतको फोहोरी खेल सबै छर प्रस्ट भइसकेको बताउनुहुँदै उहाँले सभामुखको नाम नै लिन चाहनु भएन । ओलीले भन्नुभयो, वर्तमान सभामुखलाई त चिन्नुभएकै छ यहाँ अहिले नाम नलिऊ, फेरी कुल्ला गर्ने पानी छैन ।’
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रति लक्षित गर्दै कडा टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाँच हजारको जिम्मा लिन्छु भनेको के हो रु कृष्णप्रसाद सापकोटा, बलराम सापकोटाको जिम्मा लिने कि नलिने ? यो जिम्मा लिन्छु भनेको के हो ? सभामुख भएर गिच्च दाँत देखाउने हो ? ओलीको प्रश्न थियो ।
वर्तमान सरकारलाई डरपोक र काँतर भन्दै ओलीले एउटा नागरिकलाई तार काटेर खोलामा हारेर मार्दा समेत यस्तो भयो कारबाही गर भनेर भन्न नसकेको समेत बताउनुभयो ।

127 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal