भ्रष्टाचार गर्ने मन भए राप्रपामा ठाउँ छैनः लिङ्देन

२०७८ पुष २२ गते, बिहीबार

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् ।
अध्यक्ष लिङ्देनले देशका लागि निस्स्वार्थ काम गर्ने इच्छा भएका व्यक्तिलाई राप्रपामा आउन र गलत स्वार्थ भएका व्यक्तिलाई अन्य पार्टीमा लाग्न आग्रह गरे । राप्रपा नेपालले बिहीबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय भेलामा बोल्दै उनले गलत सोच भएका व्यक्ति पार्टीमा बस्न नसक्ने बताए ।
‘ठुला दलहरू मिलेर देशको सम्पत्ति स्वाहा पार्दै छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘राप्रपा देश बनाउने अभियानका साथ हिँडेको छ, कसैलाई भ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ ।’ देश निर्माण गर्नका लागि आफूहरू आमाको कसम खाएर राजनीतिमा लागेको उनको भनाई छ ।
‘हामी भ्रष्टाचार गर्दैनौं भनेर अरू कुनै पार्टीका नेताले आमाको कसम खानै सक्दैनन्,’ उनले भने, ‘किनकि उनीहरू अकुत सम्पत्ति कमाउने उद्देश्य लिएर राजनीति गर्दैछन्, राप्रपा देशको संस्कृति जोगाउन र देशमा विकास गर्न भनेर आएको पार्टी हो ।
अध्यक्ष लिङ्देनले नेपाल हिन्दुराष्ट्रनै भएको जिकिर गरे । ८० प्रतिशत नेपाली अहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ भन्दै आवाज उठाउने गरेको स्मरण गर्दै उनले अव हिन्दु भावना भएका सबैलाई समेटेर अघि बढ्ने बताए । ‘

252 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal