‘ग्रामी अवार्ड शो’ स्थगित

२०७८ पुष २२ गते, बिहीबार


एजेन्सी । जनवरीमा अमेरिकामा तय भएको ६४औं संस्करणको ‘ग्रामी अवार्ड शो’ कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण सरेको छ । आयोजक रेकर्डिङ एकेडेमी एण्ड सीबीएसले एक विज्ञप्ती जारी गर्दै ओमिक्रोन भाइरसको संक्रमणले धेरै जोखिमको अर्थ राख्ने भएकाले हालका लागि स्थगित गरिएको जनाएको छ ।

संगीतको ठूलो उत्सवको रुपमा लिइने यो अवार्ड ३१ जनवरीमा लसएञ्जल्समा हुँदै थियो । आयोजकले यसको अवार्ड कार्यक्रमको नयाँ मिति चाँडै सार्वजनिक गरिने जनाएको छ । ‘स्वास्थ्य र संगीत समुदायको सुरक्षा, प्रत्यक्ष दर्शक तथा सयौं कामदार हाम्रा प्रमुख प्राथमिकता हुन्,’ आयोजकले भनेको छ ।

यस वर्षको अवार्डको मनोनयनमा जाज किबोर्डिष्ट जोन बटिस्टे सर्वाधिक ११ विधाको मनोनयनमा परेका छन् । केही समय अघि ‘सनडान्स फिल्म फेस्टिभल’ पनि ओमिक्रोन भाइरसको बढ्दो संक्रमणका कारण रद्ध गरिएको थियो । आयोजकले अब फेस्टिभलका लागि अनलाइनबाट नै फिल्मको प्रिमियर तथा कार्यक्रम गर्ने जनाएको छ ।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal