प्रधानमन्त्री देउवा धरान जाँदै, उपमहानगरले दिने भयो सार्वजनिक बिदा
२०७८ पुष २० गते, मंगलवार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान धरान जाँदैछन् । ‘धरान डे’मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम छ ।
देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कूलमा हुने कार्यक्रम सहभागी हुनेछन् । दिवसका अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
113 Views