दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार


काठमाडौं । अँग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर काठमाडौंको कमलपोखरीमा रहेको सिटीसेन्टरको ठिक अगाडि किङ्स कफी सञ्चालनमा आएको छ ।आफ्ना कान्छा भाई शेरबहादुर कुँवरसहित राजु अधिकारी, धनबहादुर तामाङ, सुदर्शन गिरी र सुदन सिंह सिलवालको संयुक्त लगानीमा सञ्चालन गरिएको यो कफी शपको नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष, हजुरलाई नमस्ते टे«ड लिंकका सञ्चालक, हजुरलाई नमस्ते परोपकारी अभियानका संयोजक, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता समेत रहेका समाजसेवी तारा बहादुर कुँवरले प्रमुख अतिथिको रुपमा यो कफीशपको उद्घाटन गरेका हुन् ।


उनीहरुले लगानी पनि बढाउने र ग्राहकलाई सेवाविस्तार गर्ने जनाएका छन् । झण्डै ५० लाख रुपैयाँको लागतमा शुरु गरिएको यो कफीशपमा उद्घाटनको अवसरमा ७ दिनसम्म १५ प्रतिशत छुट दिइने सञ्चालक अधिकारीले बताए ।
शुरुवातमा कफी, बेकरी आइटम, चिसो, तातो र जुस आइटम लगायतका सेवाबाट शुरु गरेको यो कफीशपले आगामी दिनमा ग्राहकको माग अनुसारका सुविधा विस्तार गर्दै जाने जनाएको छ । प्रमुख अतिथि कुँवरले यो कफीशपलाई देशव्यापी रुपमा फैलाएर एउटा ब्राण्डका रुपमा स्थापित गर्न सल्लाह दिएका छन् । सञ्चालक कुँवरले पनि आफूहरुले लामो लक्ष्य लिएर कफीशप सञ्चालन गरेकाले भोलिका दिनमा शाखा विस्तार गर्ने समेत जनाए ।


सञ्चालकहरुमध्ये धेरेजसो बाल्यकालदेखिकै सँगै पढेका साथी हुन् । केही अझै पनि सँगै व्यवसाय गर्दै आएका छन् । यो ठाउँमा कफीशपको आवश्यकता महसुश भएपछि आफूहरुले सञ्चालन गर्ने निर्णय गरेको सञ्चालक तामाङले बताए । उनले पारिवारिक वातावरण, शान्त वातावरण र अन्य कफीशपको तुलनामा स्वभाविक मूल्य निर्धारण गरिएको जनाएका छन् । उनले भोलिका दिनमा सबैको सहयोग पाए प्रमुख अतिथिले भनेजस्तै देशव्यापीरुपमा शाखा विस्तार गर्ने र सेवाग्राहीलाई सहजता उपलब्ध गराउने जनाए ।


प्रशस्तै पार्किङ भएको यो कफीशपमा विभिन्न व्यक्तिका जीवनीसँग सम्बन्धित पुस्तकहरु पनि राखिएका छन् । प्रमुख अतिथि कुँवरका ‘हजुरलाई नमस्ते’का दुबै संस्करण उपलब्ध छन् भने उनको ‘निरन्तर समाजसेवा’ नामको पुस्तक समेत पढ्न पाइन्छ । प्रमुख अतिथि कुँवरले अरु लेखकहरुको पनि पुस्तक समावेश गर्न सञ्चालकलाई आग्रह गरेका छन् ।


किङ्स कफी नाम राखेको विषयमा सञ्चालक अधिकारीले भने ‘हामीले राजाले बस्ने कुर्सीजस्ता पनि कफीशपमा राखेका छौं’ सेवाग्राहीले आरामले त्यो कुर्सिमा बसेर सेवा लिन सक्नुहुन्छ ।’ यही कुर्सिको आधारमा नै यो नामको ब्राण्ड बनाउने सञ्चालकको लक्ष्य रहेको छ ।

252 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal