विद्यालयको वार्षिकोत्सवको अवसरमा सांसद दवाडीले दिएको वचन पूरा गरे, विद्यालयलाई गरे ५० हजार सहयोग

२०७८ पुष १२ गते, सोमबार

काठमाडौं । गोरखा २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरानचोक गाउँपालिका ५ मा रहेको श्री चित्रे पोखरी माविलाई ५० हजार रुपैंया सहयोग गरेका छन् ।
कांग्रेसका गण्डकी प्रदेश समिति सदस्यसमेत रहेका उनले आफ्नो व्यक्तिगत खाताबाट एभरेष्ट बैंकमार्फत सो रकम विद्यालयलाई उपलब्ध गराएका हुन् । सांसद दवाडीले विद्यार्थीको अध्ययनलाई सहज होस् भनेर सहयोग गरेको जनाए । ‘मैले स्कुल पढ्दा धेरै दुःख गरें, अरुलाई त्यस्तो समस्या नहोस् भनेर केही सहयोग गरेको हुँ’ सांसद दवाडीले भने ‘ विद्यार्थीहरु समस्यामा परेको सुनेको थिएँ, त्यो सुन्दा मन दुखेको थियो अहिले सन्तुष्ट छु ।’ उनले दिएको सो रकमबाट विद्यालयले १० जना जेहेन्दार विद्यार्थीलाई कापी किताव र पोशाक किनिदिने जनाएको छ ।


२०१५ सालमा स्थापना भएको विद्यालय २०५६ सालमा मावि भएको थियो । यो विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययन गर्छन् । विद्यालय रहेको वडाका नेपाली कांग्रेसका इकाई सभापति विष्णुप्रसाद पोखरेलले विद्यालयले गुणस्तरीय शिक्षा दिँदै आएको बताए । उनले विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । गत वर्ष भएको ६३ औं वार्षिकोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी भएका सांसद् दवाडीले त्यतिबेला नै विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । विद्यालयले मंगलबार ६४ औं वार्षिकोत्सव मनाउँदैछ, त्यही कार्यक्रममा विद्यालयले सांसद दवाडीले गरेको सहयोगबाट सामग्री किनेर ती विद्यार्थीलाई वितरण गर्ने छ । सांसद् दवाडी गाउँको विकास निर्माणमा सक्रिय बन्दै आएका छन् ।
‘मेरो राजनीति समाजसेवाका लागि, मेरो राजनीति तपाइहरुको सेवाको लागि’ भन्ने मुख्य नारा बनाएका उनले यो नारालाई सार्थक बनाउँदै लगेका छन् । उनी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । उनले सांसदबापत पाउने तलवभत्ता पनि गाउँकै सेवाका लागि लगानी गर्दै आएका छन् । उनी राजनीतिमा देखिएको भ्रष्टाचार र अनियमितताको विरुद्धमा बोल्दै आएका छन् अधिकांश समय गाउँमा जनतासँग नै रहने उनले विभिन्न संघसंस्थालाई आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् । ‘म जनताको मान्छे हुँ, मतदाताले बोलाएको ठाउँमा जान्छु र उहाँहरुको गुनासो सुन्छु’ उनले भने ‘उहाँहरुले नै जिताएर म सांसद भएको हुँ त्यसैले मैले कहिल्यै पनि आफू ठूलो मान्छे भएँ भन्ने सोचेको छैन र सोच्न पनि सक्दिन ।’ उनी बारम्वार मतदातासँग पुगेर उनीहरुको गुनासो सुन्नेमात्र होइन सकेसम्म समाधानको पहल गर्दै आएका छन् । मतदाताको समस्यालाई आफ्नै समस्या सम्झने उनी कहिले गरिव वस्तीमा पुगेर मतदातालाई आफूले लगाएको ज्याकेट प्रदान गर्छन्, कहिले बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्छन् । यतिमात्र होइन काजकिरिया गर्नेसम्म आर्थिक अवस्था नभएकालाई काजकिरिया खर्च पनि दिएका छन् ।
दवाडीको कामलाई मतदाताले पनि उच्च प्रशंसा गरेका छन् । ‘कसैलाई दुःख नपरोस् भन्ने हो, अरु मानिस संकटमा पर्दा म हाँसेर हिँड्न सक्दिन’ उनले मतदातालाई सम्झँदै भने ‘अब मतदाताले मलाई जसरी पत्याउनुहुन्छ त्यो गुन तिरेरै छोड्ने छु ।’

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal