विद्यालयको वार्षिकोत्सवको अवसरमा सांसद दवाडीले दिएको वचन पूरा गरे, विद्यालयलाई गरे ५० हजार सहयोग

२०७८ पुष १२ गते, सोमबार

काठमाडौं । गोरखा २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरानचोक गाउँपालिका ५ मा रहेको श्री चित्रे पोखरी माविलाई ५० हजार रुपैंया सहयोग गरेका छन् ।
कांग्रेसका गण्डकी प्रदेश समिति सदस्यसमेत रहेका उनले आफ्नो व्यक्तिगत खाताबाट एभरेष्ट बैंकमार्फत सो रकम विद्यालयलाई उपलब्ध गराएका हुन् । सांसद दवाडीले विद्यार्थीको अध्ययनलाई सहज होस् भनेर सहयोग गरेको जनाए । ‘मैले स्कुल पढ्दा धेरै दुःख गरें, अरुलाई त्यस्तो समस्या नहोस् भनेर केही सहयोग गरेको हुँ’ सांसद दवाडीले भने ‘ विद्यार्थीहरु समस्यामा परेको सुनेको थिएँ, त्यो सुन्दा मन दुखेको थियो अहिले सन्तुष्ट छु ।’ उनले दिएको सो रकमबाट विद्यालयले १० जना जेहेन्दार विद्यार्थीलाई कापी किताव र पोशाक किनिदिने जनाएको छ ।


२०१५ सालमा स्थापना भएको विद्यालय २०५६ सालमा मावि भएको थियो । यो विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययन गर्छन् । विद्यालय रहेको वडाका नेपाली कांग्रेसका इकाई सभापति विष्णुप्रसाद पोखरेलले विद्यालयले गुणस्तरीय शिक्षा दिँदै आएको बताए । उनले विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । गत वर्ष भएको ६३ औं वार्षिकोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी भएका सांसद् दवाडीले त्यतिबेला नै विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । विद्यालयले मंगलबार ६४ औं वार्षिकोत्सव मनाउँदैछ, त्यही कार्यक्रममा विद्यालयले सांसद दवाडीले गरेको सहयोगबाट सामग्री किनेर ती विद्यार्थीलाई वितरण गर्ने छ । सांसद् दवाडी गाउँको विकास निर्माणमा सक्रिय बन्दै आएका छन् ।
‘मेरो राजनीति समाजसेवाका लागि, मेरो राजनीति तपाइहरुको सेवाको लागि’ भन्ने मुख्य नारा बनाएका उनले यो नारालाई सार्थक बनाउँदै लगेका छन् । उनी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । उनले सांसदबापत पाउने तलवभत्ता पनि गाउँकै सेवाका लागि लगानी गर्दै आएका छन् । उनी राजनीतिमा देखिएको भ्रष्टाचार र अनियमितताको विरुद्धमा बोल्दै आएका छन् अधिकांश समय गाउँमा जनतासँग नै रहने उनले विभिन्न संघसंस्थालाई आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् । ‘म जनताको मान्छे हुँ, मतदाताले बोलाएको ठाउँमा जान्छु र उहाँहरुको गुनासो सुन्छु’ उनले भने ‘उहाँहरुले नै जिताएर म सांसद भएको हुँ त्यसैले मैले कहिल्यै पनि आफू ठूलो मान्छे भएँ भन्ने सोचेको छैन र सोच्न पनि सक्दिन ।’ उनी बारम्वार मतदातासँग पुगेर उनीहरुको गुनासो सुन्नेमात्र होइन सकेसम्म समाधानको पहल गर्दै आएका छन् । मतदाताको समस्यालाई आफ्नै समस्या सम्झने उनी कहिले गरिव वस्तीमा पुगेर मतदातालाई आफूले लगाएको ज्याकेट प्रदान गर्छन्, कहिले बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्छन् । यतिमात्र होइन काजकिरिया गर्नेसम्म आर्थिक अवस्था नभएकालाई काजकिरिया खर्च पनि दिएका छन् ।
दवाडीको कामलाई मतदाताले पनि उच्च प्रशंसा गरेका छन् । ‘कसैलाई दुःख नपरोस् भन्ने हो, अरु मानिस संकटमा पर्दा म हाँसेर हिँड्न सक्दिन’ उनले मतदातालाई सम्झँदै भने ‘अब मतदाताले मलाई जसरी पत्याउनुहुन्छ त्यो गुन तिरेरै छोड्ने छु ।’

145 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal