जापानमा भारी हिमपात हुँदा ट्राफिक जाम, उडान रद्द र रेल सेवासमेत बन्द

२०७८ पुष १२ गते, सोमबार

एजेन्सी । भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ ।
‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध आउँदा तीन हजार २०० भन्दा बढी परिवारहरू विद्युतविहीन अवस्थामा अन्धकारमा बस्न बाध्य बनेका छन् । अधिकारीहरूले सोमबार राति पनि थप हिउँपर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन् ।
हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै चोट वा मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताउनुभयो ।
मात्सुनोले भन्नुभयो, “हिउँदे वायुको कडा चापको केन्द्र उक्त क्षेत्रमा परेकाले भारी हिउँ परेको र मुख्यतया उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको छ । भोलि हिउँको मात्रा बढ्ने अनुमान गरिएको छ । अझ बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ ।”
“अलपत्र परेका गाडीहरूको कारण शिगा क्षेत्रको एउटा प्रमुख सडक बन्द गरिएको भएपनि अपरान्हतिर गाडीहरू चल्न थालेका टिभी फुटेजमा देखिएको मात्सुनोले बताउनुभयो ।
सार्वजनिक प्रसारक एनएचकेका अनुसार हाइकोन शहर नजिकै एउटा ट्रक चिप्लिएपछि ट्राफिक जाम सुरु भएको थियो । उक्त स्थानमा आज बिहानसम्म २४ घण्टाको अन्तरालमा ६८ सेन्टिमिटर (२६ इन्च) हिउँको सतह बनेको एनएचकेले बताएको छ । हाइकोन शहर नजिकमा यो औसत भन्दा ३० गुणा बढी हिम बर्षा हो । एनएचकेले यस क्षेत्रको स्थानीय रेल लाइनमा रेल फसेपछि रातभर झन्डै २०० यात्रुहरू हिउँमा अलपत्र परेका बताएको छ ।
हिउँको कारण आइतबार पनि लगभग १३० घरेलु उडान रद्द गरिएको जिजी प्रेसले बताएको छ । सोमबार लगभग ५० उडान रद्द भएका एनएचकेले जापानी उड्ययन अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

87 Views

ताजा

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

आजदेखि ‘महाजात्रा’ देशदेखि विदेशसम्म एकसाथ रिलिज

२०८० चैत्र ९ गते, शुक्रबार

आज महरालाई हाजिर जमानीमा छाडिँदै

२०८० चैत्र ९ गते, शुक्रबार

रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरीवाल पक्राउ

२०८० चैत्र ९ गते, शुक्रबार

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

२०८० चैत्र ९ गते, शुक्रबार

सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणदर उकालो लाग्दै

२०८० चैत्र ९ गते, शुक्रबार

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

२०८० चैत्र ७ गते, बुधबार

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायक

२०८० चैत्र ७ गते, बुधबार

चैत ७ गते मनकामना केबलकार बन्द हुने

२०८० चैत्र ५ गते, सोमबार

एक सातापछि खुल्यो कर्णाली पुल

२०८० चैत्र ५ गते, सोमबार

लोकप्रिय

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal