कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या समाधान गर्न सरकारसमक्ष आग्रह

२०७८ पुष ९ गते, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसका नेता शिरोमणि ओझाले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या २०औं वर्ष हुदाँपनि समाधान नभएकोमा दुःख व्यक्त गरेका छन् । र, तत्काल पीडितहरुको समस्या समाधानको लागि सरकारसमक्ष आग्रह गरेका छन् ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार समेलनको आयोजना गर्दै उनले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या लुकेर बसेको बताउदै यसलाई राष्ट्रिय समस्याको रुपमा लिएर समाधानको बाटो खोजिनु आवश्यक रहेको बताएका हुन् ।
‘कञ्चनपुर शक्लाफाँटा वन्यजन्तु आरक्षणबाट २०५८ सालमा राज्यले मुआब्जा दिन्छौं भनेर आरक्षण क्षेत्रबाट स्थानीयहरुलाई विस्थापित गरेपनि अहिलेसम्म यो समस्या समाधान गर्न सकेको छैन्’–उनले भने,‘अब सरकारले तत्कालै यो समस्या समाधानको लागि पहल लियोस ।’
साथै, उनले वर्तमान सरकार आरक्षण क्षेत्रको समस्या समाधान गर्न तत्पर रहेको बताउदै सरकारले यो समस्याको समाधान गर्नेमा आफु विश्वस्त रहेको बताए । यस्तै, नेता ओझाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको सुरेन्द्र बम नेतृत्वको सरकारी आयोगले कुनैपनि काम नगरेको भन्दै तत्काल खारेज गर्न माग गरेका थिए ।
‘शुक्लाफाँटा बन्यजन्तु आरक्षणका पीडितहरुको नाममा बनेको सरकारी आयोग जसमा करोडौं बजेट विनियोजन हुन्छ, तर त्यसको काम छैन्’–उनले भने ।
कार्यक्रममा कञ्चनपुरबाट आफ्ना समस्या समाधानको माग गर्न काठमाडौं आएका आरक्षण पीडित संघर्ष समितिका जिल्ला सचिव प्रेम दत्त भट्ट, राजेन्द्र लोहार, कर्णबहादुर चन्द, कृष्णजंग सिंहलगायतले आ–आफ्नो धारणा राख्दै आफूहरुको माग पूरा गर्न सरकारसमक्ष आग्रह गरेका थिए ।

11 Views

ताजा

तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैनौँ : स्वास्थ्य मन्त्रालय

२०७८ माघ ४ गते, मंगलवार

तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैनौँ : स्वास्थ्य मन्त्रालय

२०७८ माघ ४ गते, मंगलवार

उपत्यकामा मात्रै ४००४ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ माघ ४ गते, मंगलवार

देशभर १०२५८ हजार बढी कोरोना संक्रमित

२०७८ माघ ४ गते, मंगलवार

अस्पतालदेखि प्रशासनसम्म कोरोना सङ्क्रमण

२०७८ माघ ४ गते, मंगलवार

चुनाव सार्ने सोचाई गलतः कमल थापा

२०७८ माघ ४ गते, मंगलवार

आजदेखि ललितपुरमा बुस्टर डोज

२०७८ माघ ४ गते, मंगलवार

अफगानिस्तानमा भूकम्प जाँदा २६ को मृत्यु

२०७८ माघ ४ गते, मंगलवार

उदयपुरमा जीप दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गयो

२०७८ माघ ४ गते, मंगलवार

आज मात्र थप ४९६१ जनामा कोरोना पुष्टि

२०७८ माघ २ गते, आईतवार

माघ १५ गतेसम्म सिनेमाहल र जिमहल बन्द

२०७८ माघ २ गते, आईतवार

लोकप्रिय

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal