दोलखाको कालिञ्चोकमा हिमपात
चरीकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताउनुभयो ।
हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँपर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ । कालिञ्चोकमा काठमाडौँ तराई तथा भारतका नागरिकसमेत हिउँ खेल्न कालिञ्चोक आउने गरेका छन् । यो वर्ष वर्षायाम ढिला गरी सुरु भएको र बाक्लो मात्रामा हिमपात नभएका कारण जिल्लामा अन्य वर्षको तुलनामा पर्यटक नभित्रिएको चरिकोटका व्यवसायी कुइराङ रुम्वाले बताउनुभयो ।
एकै दिनमा कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगि हिउँ खेल्न तथा कालिञ्चोक मन्दिरको दर्शन गर्न सकिने भएका कारण पर्याटकको अकर्षण बढेको छ भने पर्याटकको आगमणसँगै कोभिडका कारण लामो समयदेखि बन्द रहेको व्यवसाय राम्रोसँग सञ्चालन हुने भएपछि कालिञ्चोक क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । ३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा मन्दिर दर्शन, हिउँ खेल्न तथा हिउँमा खेलिने सहासिक खेल स्की खेल्नका लागि पर्यटक पुग्ने गरेका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





