देशघाती बन्दै एम्सीसी सम्झौता

२०७८ पुष ८ गते, बिहीबार

गणेश जि.सी.
सरकारले जसरी भए पनि अमेरिकन सहयोग परियोजना (एम्सीसी) पारित गर्ने प्रयास गरेको छ । राष्ट्रहित विपरीत छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले यसलाई संसदमा प्रस्तुत गर्ने र जवर्जस्ती पारित गर्ने प्रयास गरेको छ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा फेरि सभापति निर्वाचित भएर आएपछि उनले अरु कोहीसँग सल्लाह नै गरेका छैनन् । हिजोसम्म अरुसँग सल्लाह र छलफल गर्दै आएका उनी अहिले एकलौटी ढंगले अघि बढेका छन् । सत्ता साझेदार दलहरुसँग हिजोको दिनमा परामर्श गरेर एम्सीसी पास गर्नुपर्छ भन्दै आएका उनी अहिले अरुलाई दवाव दिन थालेका छन् । देउवाको यसअघिको सरकारले नै एम्सीसीलाई अघि बढाएको थियो ।
अमेरिकाले नेपाललाई कमजोर ठानेर अनेक प्रलोभनमा पार्दै आएको छ । अमेरिकाले एम्सीसीमा नेपालले हस्ताक्षर नगर्ने भए फिर्ता लानेसमेत चेतावनी दिएको छ । यो परियोजना नेपालको हितमा छैन भन्ने विभिन्न अध्ययन र अनुसन्धानले निश्कर्ष निकाल्दै आएको छ तर पनि प्रधानमन्त्रीले दिएको दवाव अस्वाभाविक देखिन्छ । सरकारले एम्सीसीलाई अघि बढाएको खण्डमा सत्तारुढ दलमा पनि आन्तरिक समस्या बढ्ने स्पष्ट नै छ । अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्नका लागि नेपाललाई दवाव दिइरहेको छ । यो परियोजना पास भए अन्य छिमेकी राष्ट्रसँगको सम्बन्ध पनि बिग्रिने खतरा उति नै छ । केही महिनाअघि एमसीसी उपाध्यक्ष फातिमा सामुर नेपाल आएर विभिन्न राजनीतिक दलका प्रमुखसँग भेटेकी थिइन् । सबैभन्दा पहिला एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी उनले परियोजना पारित गरिदिनका लागि आग्रह गरेकी थिइन् । ओलीले सरकारले के रणनीति बनाउँछ त्यसपछिमात्र आफ्नो जवाफ दिने बताएका थिए । देउवा छोटो समयमा नै पेलेरै भए पनि एम्सीसी पारित गर्ने लाइनमा छन् । उनलाई कुन शक्तिले उचाल्यो भन्ने प्रश्न पनि उब्जेको छ । एम्सीसी पारित भए नेपाल र नेपालीको अस्तित्व नै संकटमा पर्ने भएकाले यसलाई पारित गर्नु हुँदैन भनेर देशव्यापी रुपमा नै दिनैपिच्छे नारा जुलुस र सडक आन्दोलन भइरहेको छ । सरकारले जनताको बललाई वेवास्ता गर्दै आएको छ । एम्सीसी संसदबाट नै पास गर्नुपर्ने भएकाले पनि देउवा सबै दलसँग सहकार्य गर्ने दाउमा छन् । देउवाको दाउ के हो भन्ने प्रष्ट नहुँदा पनि जनता अलमलमा छन् । सरकारले एम्सीसी के हो र यो नेपालको हितमा किन छ भनेर जनतामाझ स्पष्ट पार्न सकेको छैन । गृहमन्त्री वालकृष्ण खाणले मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै एम्सीसी अघिल्लै सरकारको पालामा अघि बढेकोले पारित हुने बताए । उनले यो परियोजना नेपालको विकासको लागि कोसेढुंगा सावित हुुने पनि जनाए । सरकारमा रहँदा एउटा र सरकारबाट रहेर विपक्षमा बस्दा अर्को कुरा गर्ने परिपार्टीले पनि यस प्रकारका परियोजना विवादमा पर्दै आएका छन् ।
सरकारले आइतबार बोलाएको सर्वदलीय बैठक र सत्तारुढ दलको बैठकमा पनि एम्सीसीबारे एकमत हुन सकेन । कांग्रेसबाहेकका अरु दल संशोधन गरेर मात्र एम्सीसी पारित गर्ने पक्षमा देखिए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले त मंगलबारको संसद बैठकमा प्रधानमन्त्रीसँग नै एम्सीसीको दस्तावेज नहरेको समेत आरोप लगाए । उनले एम्सीसी राष्ट्रघाती सम्झौता भएकाले कुनै पनि अवस्थामा पास गर्न नहुने चेतावनी दिए । उनले एम्सीसीले देशलाई उपनिवेश बनाउने खतरा रहेको औल्याएँ । एम्सीसी लागू भए नेपालको कानुन लागू हुने र नेपालको कानुन निस्क्रिय हुने भएकाले पनि यो खतराको रुपमा प्रमाणित हुँदै आएको छ ।

235 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal