कांग्रेस सहमहामन्त्रीमा त्रय उपाध्याय, परियार र आङ्दाम्बे विजयी

काठमाडौं । नेपाली कांग्रेसको महिलातर्फको सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याउनुभएको छ । महिलातर्फ कुल चार हजार ६५० मत खसेकामा ५४ मत बदर भएको कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिनुभयो ।
यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी हुनुभएको छ । उहाँ दुई हजार २१२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गर्नुभएको छ । दलिततर्फ कूल चार हजार ६७० मत खसेको थियो ।
त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गर्नुभएको छ । आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।
ताजा

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबार
‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक
२०८२ बैशाख १२ गते, शुक्रबार
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम
२०८२ बैशाख १२ गते, शुक्रबार
‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार (भिडियो)
२०८२ बैशाख १२ गते, शुक्रबार
एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने
२०८२ बैशाख १० गते, बुधबार
सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन
२०८२ बैशाख १० गते, बुधबार
“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च
२०८२ बैशाख १० गते, बुधबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार