गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा विजयी
काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
आज भएको मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरेर महामन्त्रीमा विजयी भएका हुन्। यस्तै डा. प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पौडेलले एक हजार तीन सय ९३, डा. मिनेन्द्र रिजालले आठ सय नौ र डा. राजाराम कार्कीले एक सय ६ मत प्राप्त गरेका छन् । गत सोमवार भएको मतदानमा कुल चार हजार ६ सय ८२ मत खसेको थियो । जसमध्ये ४३ मत बदर भएको हो ।
महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन भएका हुन् महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए