सभापतिमा दोस्रो चरणको चुनाव हुने
२०७८ मंसिर २८ गते, मंगलवार
काठमाडौं। नेपाली कांग्रेसको २४औँ महाधिवेशनमा सभापति पदको नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्याउन नसकेपछि फेरि चुनाव हु्ने भएको छ ।
सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएको छ । देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्याउन नसक्दा निर्वाचन हुन लागेको हो । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए। कोइरालाले १७२९ मत पाएका छन्। यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए।
96 Views