सञ्जय गौतमद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
२०७८ मंसिर २५ गते, शनिबार
काठमाडौँ । नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका गौतमले १४औँ महाधिवेशनअन्तरर्गत राष्ट्रिय सभागृह पुगेर खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
गौतम पार्टीको नेतृत्व परिवर्तन र पार्टीलाई विधि प्रक्रियासँग अघि बढाउनुपर्ने एजेन्डा बोकेका नेता हुन् । काँग्रेसका गौतमले ४४ हजार ८ सय २९ ल्याएका थिए । यो मत कांग्रेसको इतिहासमा कुनै पनि उम्मेदवारले ल्याएको सबैभन्दा धेरै मत हो । स्मरणरहोस् गौतमले बर्दियाबाट तत्कालीन नेकपा एमालेका बामदेव गौतमलाई हराएका थिए । गौतमले बर्दियामा धेरै विकासका काम समेत गरेका छन् ।
150 Views