जुम्लाकी नेतृ खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्न खोज्दै
काठमाडौं । नेपाली कांग्रेसको आजबाट सुरु भएको १४औं महाधिवेशनमा जुम्लाकी रामदेवी खड्काले केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् ।
नेपाल निर्माण व्यावसायी महासंघकी केन्द्रीय सदस्य तथा संघर्षशील महिला खड्काले पार्टीलाई गतिशील र जिवन्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । ‘हामीजस्ता मान्छे केन्द्रीय समितिमा आयौं भने पार्टी संगठनलाई पनि फाइदा हुन्छ’ उनले भनिन् ‘सबैको कांग्रेस र साझा कांग्रेस बनाउने मेरो उद्येश्य हो, यसमा समर्थन गरिदिनुहोला भन्ने आशा गरेको छु ।’ उनले आफू लामो समयदेखि राजनीतिमा लागेकाले पनि आफ्नो अनुभव पार्टीको लागि काम लाग्ने दाबी गरेकी छिन् ।
खड्काले पार्टी नेतृत्वमा युवाहरुको उपस्थिति र भूमिका महत्वपूर्ण हुने बताइन् । उनले एक व्यक्ति, एक पदका बारेमा पहिलेदेखि नै प्रष्ट रुपमा बोल्दै आएकी छिन् । उनले पाटीलाई युवा नेतृत्वले अघि बढाउन सक्ने भएकाले केन्द्रीय समितिमा युवा जोश र जाँगर भएकालाई समेट्नुपर्ने बताएकी छिन् । उनले महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमूल्य मत प्रदान गर्नसमेत आग्रह गरेकी छिन् । उनी २०७४ सालको निर्वाचनमा कांग्रेसको समानुपातिक सांसदको बन्दसूचीमा परेकी थिइन् । उनी सफल र संघर्षशील निर्माण व्यावसायी पनि हुन् । विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय नेता खड्काले आफ्नो उम्मेदवारी पार्टीलाई बलियो बनाउनका निम्ति भएको बताएकी छिन् ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





