जुम्लाकी नेतृ खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्न खोज्दै

२०७८ मंसिर २४ गते, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको आजबाट सुरु भएको १४औं महाधिवेशनमा जुम्लाकी रामदेवी खड्काले केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् ।
नेपाल निर्माण व्यावसायी महासंघकी केन्द्रीय सदस्य तथा संघर्षशील महिला खड्काले पार्टीलाई गतिशील र जिवन्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । ‘हामीजस्ता मान्छे केन्द्रीय समितिमा आयौं भने पार्टी संगठनलाई पनि फाइदा हुन्छ’ उनले भनिन् ‘सबैको कांग्रेस र साझा कांग्रेस बनाउने मेरो उद्येश्य हो, यसमा समर्थन गरिदिनुहोला भन्ने आशा गरेको छु ।’ उनले आफू लामो समयदेखि राजनीतिमा लागेकाले पनि आफ्नो अनुभव पार्टीको लागि काम लाग्ने दाबी गरेकी छिन् ।
खड्काले पार्टी नेतृत्वमा युवाहरुको उपस्थिति र भूमिका महत्वपूर्ण हुने बताइन् । उनले एक व्यक्ति, एक पदका बारेमा पहिलेदेखि नै प्रष्ट रुपमा बोल्दै आएकी छिन् । उनले पाटीलाई युवा नेतृत्वले अघि बढाउन सक्ने भएकाले केन्द्रीय समितिमा युवा जोश र जाँगर भएकालाई समेट्नुपर्ने बताएकी छिन् । उनले महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमूल्य मत प्रदान गर्नसमेत आग्रह गरेकी छिन् । उनी २०७४ सालको निर्वाचनमा कांग्रेसको समानुपातिक सांसदको बन्दसूचीमा परेकी थिइन् । उनी सफल र संघर्षशील निर्माण व्यावसायी पनि हुन् । विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय नेता खड्काले आफ्नो उम्मेदवारी पार्टीलाई बलियो बनाउनका निम्ति भएको बताएकी छिन् ।

118 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal