पुनर्निर्माणका अनुभव तथा सिकाईहरु अनुकरणीयः राष्ट्रपति भण्डारी
काठमाडौं । २०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्नुभएको छ ।
उद्घाटन सत्रमा आफ्नो विशेष मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले तय गरेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यको कार्यान्वयनका निम्ति कोशेढुंगा सावित भएको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता गरेअनुसारको अधिकांश सहयोग प्राप्त भैरहेकोमा हर्ष व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका क्रममा हामीले प्राप्त गरेका अनुभव तथा सिकाईहरु अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुनेछन् भन्ने मलाई लाग्दछ । यस सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेका दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्षेत्रमा लाग्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानका भण्डारका रुपमा रहनेछन् भन्ने मेरो विश्वास छ ।”
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालको पुनर्निर्माण अभियानमा प्रत्यक्ष तथा परोक्ष सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई धन्यवाद दिंदै पुनर्निर्माणबाट निर्णय क्षमता, नयाँ प्रविधि एवं दक्ष जनशक्ति उत्पादन भएको बताउनुभयो । अर्थमन्त्री शर्माले विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा उच्च राजनीतिक समझदारी तथा मित्र राष्ट्रहरुको सहयोग असाध्यै महत्वपूर्ण हुने उल्लेख गर्दै बाँकी रहेका केही कार्यहरु सरकारका नियमित संयन्त्रमार्फत् सम्पन्न गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका परारष्ट मन्त्री डा।नारायण खड्काले दातृ निकाय तथा विकास साझेदारहरुको सहयोगले नेपालीको पुनर्निर्माण अगाडि बढाउने आत्मविश्वास र उत्थानशीलतामा महत्वपूर्ण टेवा दिएको बताउनुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विकास साझेदारलगायत सबै सरोकारवालाका सहयोगमा पुनर्निर्माण मूलभूत रुपमा सम्पन्नताको चरणमा पुगेको उल्लेख गर्दै आगामी दिनमा पुनर्निर्माण तथा विपद् व्यवस्थापनका कार्यहरु गर्दा राजनीतिक नेतृत्व दृढ प्रतिबद्धता, सबै पक्षबीच समझदारी, अधिकारसम्पन्न स्वायत्त निकाय, समुदायको परिचालन एवं सबैलाई समेट्ने नीति लिइनुपर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा भारतका विदेशमन्त्री एस। जयशंकर, चीनका विदेशमन्त्री वाङ यी, बेलायतको एफसिडिओका मन्त्री लर्ड अहमद, जापानका विदेश मामिलासम्बन्धी संसदीय राज्य मन्त्री होण्डा तारोले रेकर्ड गरिएका सन्देशहरुमार्फत् सम्बोधन गर्नुभएको थियो । त्यसैगरी, राष्ट्रसंघको एसिया तथा प्यासिफिक विकास समन्यव कार्यालयका क्षेत्रीय निर्देशक नेइल बुह्ने, एडिबीका उपाध्यक्ष शिसिन चेन, युरोपियन कमिस्नार फर क्रासिस म्यानेजमेन्ट जानेज लेनार्सिस, एसडिसीका महानिर्देशक प्याट्रिसिया डाञ्जी र क्यानडाको नेपालसमेत हेर्ने दिल्लीस्थित चार्ज डि अफेयर्स अमान्डा स्ट्रोहानका पनि रेकर्ड गरिएका सन्देशहरु प्रस्तुत गरिएको थियो ।
त्यस्तै, नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी, विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंका प्रमुख फारिस एच। हाडाड–जेर्भोस र युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक लार्यिय एड्जेईले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । नेपालस्थित नर्वेकी राजदूत तारुन ड्रामडालले नर्वेको अन्तराष्ट्रिय विकासमन्त्री आन विथ टिभिनेरेइमको सन्देश पढेर सुनाउनुभएको थियो ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, चीनका राजदूत होउ यान्छी, स्विट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरको पनि उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमलगत्तै सम्मेलन अन्तरर्गतका १० वटा विषयगत सत्रहरु सम्पन्न भएका छन् । भोलि थप १० वटा सत्रहरु सम्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा अपरान्ह सम्मेलनको समापन कार्यक्रम हुनेछ ।
कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु नेपालस्थित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतहरुको सहभागिता थियो ।
सम्मेलनमा सहभागि अतिथिहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले स्वागत गर्नुभएको थियो ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





