अलमलिएको कांग्रेसलाई सही ‘ट्रयाक’ मा ल्याउँछु भन्दै कांग्रेस केन्द्रीय सदस्यमा दिने भए बाबुकृष्णले उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धादिङका बाबुकृष्ण सापकोटाले उम्मेदवारी दिने भएका छन् ।
धादिङबाट समावेशी कोटामा भारी मतले विजयी भएका उनले त्यही कोटा अन्तर्गतको उम्मेदवारी दिन लागेका हुन् । धादिङको निवर्तमान जिल्ला कोषाध्यक्षसमेत रहेका उनले पार्टीलाई गतिशील र जीवन्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । राजनीतिलाई समाजसेवाको रुपमा लिँदै आएका उनले कांग्रेसले अब देशको नेतृत्व गर्ने दाबी गरेका छन् । ‘कांग्रेस जनताको पार्टी हो तर पनि हामीले जनतामाझ कांग्रेसको विचार र सिद्धान्त लैजान सकेका छैनौं’ उनले भने ‘ कांग्रेसप्रति मानिसको विश्वास छ त्यो विश्वासलाई थप प्रभावकारी बनाउन सक्छु भन्ने मलाई लाग्छ ।’ २०४१ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय भएका उनले राजनीतिसँगै समाजसेवा पनि गर्दै आएका छन् । ‘केही पाइन्छ भनेर राजनीति गरेको होइन मैले तर पद भएपछि काम गर्न सजिलो हुन्छ भन्नेचाहिँ हो’ सापकोटाले भने ‘अलमलिएको कांग्रेसलाई सही ‘ट्रयाक’ मा ल्याउन पनि मेरो भूमिका प्रभावकारी रहन्छ भन्ने लाग्छ ।’
उनी कांग्रेसले सीपमूलक जनशक्ति उत्पादन गर्नुपर्ने र सबैलाई रोजगारको अवसर दिनुपर्ने बताउँछन् । उनी जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिका उपाध्यक्ष पनि हुन् । उनले यो संस्थाबाट पनि पार्टीको विचारलाई जनतामाझ लाने काम गरेका छन् । ‘वास्तवमा भन्ने हो भनें यो राष्ट्रिय कार्य समिति बनाउनुपर्छ र पार्टीलाई सशक्त बनाउनुपर्छ भन्ने मेरै सोच हो भन्दा फरक पर्दैन’ उनले थपे ‘पटक पटक विभिन्न जिल्लामा विविध कार्यक्रम गरेर पार्टीलाई फाइदा हुने काम गरेका छौं, यसलाई पार्टी निर्माणको एउटा अभियानको रुपमा धेरैले लिएका छन् ।’
उनी जीपी कोइराला फाउण्डेसनका केन्द्रीय सदस्य पनि हुन् । लायन्स क्लवका साथै विभिन्न सामाजिक संस्थामा सक्रिय रहेर काम गर्दै आएका उनले राजनीतिसँगै समाजसेवीको रुपमा पनि आफ्नो पहिचान बनाएका छन् । ‘सकेसम्म समाजलाई केही दिउँ भन्ने हो, गफ गरेर मात्र राजनीति टिक्दैन भन्ने बुझेको छु’ उनले भने ‘जबसम्म हाम्रो राजनीतिबाट समाजले केही पाएको महसुश गर्दैन तबसम्म फोस्रो र आदर्शका कुराले मात्र राजनीति सम्भव छैन ।’
सरल स्वभावका उनी कांग्रेसले यो बेलामा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् । २०४२ सालको सत्याग्रहमा सहभागी भएका उनले पटक पटक भएका आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका छन् । उनी २०४६ सालको आन्दोलनमा सक्रिय भएकाले नै प्रहरीले पक्राउ पनि गरेको थियो । प्रत्येक निर्वाचनमा पार्टिलाई जिताउनुपर्छ भनेर लागेका उनले अमेरिका, बंगलादेश, हङकङ, भुटान, सिंगापुर, थाइल्याण्ड, श्रीलंका, चीनलगायतका देशमा पुगेर त्यहाँको राजनीतिक र सामाजिक जीवनको अध्ययन गरिसकेका छन् ।
कांग्रेसलाई राम्रो र हाम्रो पार्टी बनाउन मेरो उम्मेदवारी हो, अहिलेसम्म मैले पार्टीमा गरेको योगदानको कदर होला भन्ने लाग्छ’ उनले आशावादी हुँदै भने ‘ म आफूमात्र कांग्रेस बनिन, धेरैलाई कांग्रेस बनाएर पार्टी निर्माणमा भूमिका खेलेको छु, अब नयाँ जिम्मेवारी पाएपछि केही गरेर देखाउँछु ।’
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





