एक हप्तादेखि मुगु अन्धकार, मोबाईल चार्ज गर्न एकसय रुपैयाँ

२०७८ मंसिर १८ गते, शनिबार

मुगु । हिमाली जिल्ला मुगुमा एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ ।
सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको सय रूपैयाँ लिने गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहको २।२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेको छैन् । त्यो मेसिनमा माकुराले जालो बनाएको छ भने अर्को मेसिनले पनि बिजुली उत्पादन नगर्दा एक सातादेखि सदरमुकाम गमगढी बजारसहितका बस्ती अन्धकार बनेको छ । यहाँका तीन हजार एक सय ग्राहक विद्युत सेवाबाट बञ्चित बनिरहेका छन् ।
एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजारमा ब्यवसाय गर्दै आएका पसल, होटल, उद्योग कलकारखाना, सरकारी कार्यालय, संघ संस्था, शैक्षिक संस्थान र बैकिङ कारोबार गर्दै आईरहेका संस्थानहरू सेवा प्रदान गर्न र लिन समस्या भएको स्थानीय गंगाप्रसाद न्यौपानेले बताए । मोबाइल चार्ज गर्न पनि एक सय रुपैयाँ तिर्नु परेको स्थानीय मणिचन्द्र भामले बताए ।

93 Views

ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

फेवा महोत्सव आजदेखि

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत

२०८१ चैत्र २९ गते, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

२०८१ चैत्र २९ गते, शुक्रबार

असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal