अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’ सौन्दर्य प्रतियोगिता हुने

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौं । मिसेस नेपाल वर्ल्ड को रुपमा हुदै आएको सौन्दर्य प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड ’का नाममा हुने भएको छ ।
आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईसमेत यो सौन्दर्य प्रतियोगितामा सामेल भएको छ । विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको उक्त कार्यक्रम ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुने उनले बताए । झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’ सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ ।
तीनै प्रतियोगिताका लागि आगामी शनिवार पुरानो वानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्त गर्न सकिनेछ ।
आयोजकले ‘मिसेस नेपाल वर्ल्ड’को विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।
यता ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो । यसवर्षदेखि यो प्रतियोगितालाई परिमार्जित रुपमा अगाडि बढाउने आयोजकले जनाएका छन् ।
यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।
अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण आगामी मंसिर ८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ । प्रतियोगिताको तयारीमा अन्य ख्यातिप्राप्त विशिष्ट ब्यक्तिहरूद्वारा पनि तालिम प्रदान गरिनेछ ।

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal