मुगुको गमगढीमा भीषण आगलागी, २१ वटा घर जलेर नष्ट
२०७८ कार्तिक ३० गते, मंगलवार
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढीमा भीषण आगलागी हुँदा २१ वटा घर जलेका छन् । गमगढीमा सोमबार मध्य राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएका छन् । गमगढी बजार साँघुरो र बाक्लो भएका कारण धेरै नोक्सानी भएको स्थानीयले जनाएका छन् ।
उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रण लिने प्रयास भइरहेको छ ।
124 Views