गिरीद्वारा लिखित ‘हलेसी सरोफेरो’ पुस्तक १५ हजारभन्दा धेरै बिक्री

२०७८ कार्तिक २४ गते, बुधबार

काठमाडौं । सुविन्द्र गिरीद्वारा लिखित ‘हलेसी सरोफेरो’ नामक पुस्तक १५ हजार भन्दा बढी बिक्री भइसकेको छ । लेखक गिरीले यस अनलाइनलाई बताए अनुसार वर्षमा तीनपटकसम्म ‘रिप्रिन्ट’ गरिएको सो पुस्तक ६ वर्षमा १५ हजार बिक्री भइसकेको जानकारी दिए ।
गिरीका अनुसार पुस्तक किन्ने १५ हजार जनाले त पढिसके’ पुस्तक किन्नेमार्फत अन्यले पनि त किताब पढे होलान् नि होइन र ? ’ ०७२ मा प्रथमपटक प्रकाशित किताबले लगानी फिर्ता गरिसकेको समेत गिरीले बताए छ ।
किताबमा हलेसीलगायत आसपासको गन्तव्यको आधारभूत जानकारी दिइएको बताउँदै उनले भने– ‘मेरो किताब प्रकाशन भइसकेपछि हलेसी क्षेत्रकै कतिपयले गाउ ठाउँकै गन्तव्यबारे जानकारी पाएको बताए,’ उनले सुनाए, ‘माल्खुमा रहेको ककनी पुग्ने बौद्ध धर्मावलम्बीमात्रै हुन्थे । किताब प्रकाशित भएपछि अन्य पनि जान थालेका छन् । सत्यश्वर र गुप्तेश्वरसम्म पुग्ने बढ्दै छन् ।’
तीन महिना लगाएर तयार पारिएको किताब सर्वाधिक बिक्री भएको लेखकको स्वीकारोक्ति छ । डेढ सय प्रति किताब निःशुल्क वितरण गरेको उनको भनाइ छ ।
हलेसी प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका गिरीको ‘पूर्वको पशुपति हलेसी’ नामक किताब प्रकाशित छ ।

280 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal