१३ गते नमस्ते नेपाल मल्टिपर्पोज कम्पनीको साधारणसभा
काठमाडौं । ‘आफै मालिक आफै कामदार ज्याला र मुनाफाको हकदार’ भन्ने मुल नाराका साथ २०७४ सालबाट संचालित नमस्ते नेपाल मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालीले चौथो साधारण सभा आगामी १३ गते सम्पन्न गर्न लागेको छ ।
लिखु गाउँपालिकाका प्रमुख धु्रब श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न हुन लागेको साधारण कम्पनीको कर्मथलो लिखु ६ थाङ्सिङमा हुने र सबै शेयर सदस्य उपस्थित हुने सबैलाई निमन्त्रणा गरिसकेको र कुनै कारणबस निमन्त्रणा नपुगेका साथिहरुलाई यसै सुचना मार्फत उपस्थित हुन समेत अध्यक्ष रामसरण बानियाँले बताए । कम्पनीले आफ्नै नाममा ५२ रोपनी जग्गा खरिद गरी ४ वटा कुखुराको खोर, २ वटा खसी बाख्राको खोर २ वटा कालिजको खोर बनाई सन्चालन गरेको र भविष्यामा होमस्टे सन्चालन गर्ने माछा मौरी बट्टाइ पालन गर्नुका साथै आधुनिक कृषि खेती समेत गर्ने कम्पनी सचिव तेज बहादुर श्रेष्ठले बताए साधारसभा पछि नयाँ नयाँ योजना ल्याउने र शेयर सदस्यलाई मुनाफा बितरण गर्ने अध्यक्ष बानियाले बताए ।