कास्कीमा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु
२०७८ आश्विन २५ गते, सोमबार
काठमाडौँ । आज कास्कीमा जिप दुघएटना हुँदा ८ जनाको मृत्यु भएको छ । पोखराको हरिचोकबाट पर्यटकीय गाउँ घान्द्रुकमा जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा भएको दुर्घटनामा घटनास्थलमै ८ जनाको मृत्यु भएको हो । प्रहरीको अनुसार एक जनाको भने जीवितै उद्धार गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार घान्द्रुकको कलाभीर भन्ने ठाउँबाट जिप तल मोदी खोलामा खसेको थियो । मृतकको सनाखत हुन नसकेको र दशैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दुर्घटना परेको हुने सक्ने प्रहरीले जनाएको छ ।
109 Views