मोरङको सिटिजन्स बैंकको शाखामा चल्यो गोली
२०७८ आश्विन २५ गते, सोमबार
काठमाडौँ । मोरङको एक बैंकमा आज गोली चलेको छ । धानपालथान गाउँपालिकास्थित सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो ।
प्रदेश–१ प्रहरी कार्यालयका अनुसार कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको हो । गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
105 Views