सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छः अध्यक्ष तिमिल्सिना

२०७८ आश्विन १२ गते, मंगलवार

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यकाकाम र सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ।
सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘दीगो विकास लक्ष्यः सूचनामा पहुँचको अवस्था र कार्यदिशा विषयक राष्ट्रिय विचार गोष्ठी बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो।
केन्द्रदेखि तल्लो तहसम्मका सूचना प्राप्त गर्नु संविधानमा व्यवस्था गरिएको नागरिकको मौलिक हक हो भन्ने विषयबै सर्वसाधारण जनता, श्रमिक तथा किसानहरुलाई जानकारी हुनुपर्ने उहाँले बताउनुभयो।
‘जनताले सूचनाको हक र पहुँचका बारेमा बुझ्न सक्ने र प्रश्न सोध्न सक्ने बनाउनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘यसका लागि सबै राजनीतिक दल, तीन तहका सरकार, नागरिक समाज, बुद्धिजीवी लगायतले सचेत रुपमा भूमिका खेल्नुपर्दछ।‘
अध्यक्ष तिमिल्सिनाले सूचनाको हकको प्रयोग सबैभन्दा बढी वडा तहमा कार्यान्वयन भए सर्वसाधारणले सरकारका सेवा सुविधा लिन सक्ने र सरकारहरु पारदर्शी हुने धारणा राख्नुभयो।
‘नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउन, जननिर्वाचित प्रतिनिधिलाई सचेत र जिम्मेवार बनाउन, भ्रष्टचार न्यूनीकरण र अन्त्य गर्न सबै सूचना सार्वजनिक हुन जरुरी छ,’ सो अवसरमा तिमिल्सिनाले भन्नुभयो।
अध्यक्ष तिमिल्सिनाले विकास निर्माणका कामहरुको बारेका सम्पूर्ण सूचनामा सर्वसाधरणको पहुँच हुनुपर्ने बताउनुभयो।
‘अहिले आयोजनाको सामान्य जानकारी दिने बोर्ड राख्ने चलन छ। तर, आयोजनाको सम्झौताको दस्तावेज सार्वजनिक गर्न आनकानी गरिन्छ,’ उहाँले भन्नुभयो,‘आयोजना कार्यान्वयनको गुणस्तरमा प्रभाव पार्ने सामग्रीहरु, मात्रा, प्रभाव पार्ने क्षेत्र बारेमा जानकारी नहुँदा आयोजना पारदर्शी हुँदैनन्, कमसल हुन्छन्, समयमा सम्पन्न हुँदैनन्, उपभोक्ताले प्रभावकारी उपभोग गर्न पाउँदैनन् र राज्यको सम्पत्तिको क्षति हुन्छ।त्यसैले सबै काम सूचना पारदर्शी हुन जरुरी छ।

260 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal